बर्दिवास

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयका शिक्षकलाई आफू कार्यरत विद्यालयमै आफ्ना छोराछोरीलाई भर्ना गर्न अनुरोध गरेका छन् । "/>

छोराछोरी सामुदायिक स्कुलमै पढाउनुस्ः शिक्षामन्त्री

छोराछोरी सामुदायिक स्कुलमै पढाउनुस्ः शिक्षामन्त्री


बर्दिवास

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयका शिक्षकलाई आफू कार्यरत विद्यालयमै आफ्ना छोराछोरीलाई भर्ना गर्न अनुरोध गरेका छन् ।

महोत्तरी, भङ्गाहा नगरपालिका–४ थारुटोल वनरास्थित जनता आधारभूत बिद्यालयका छात्रछात्रालाई पाठ्यपुस्तक वितरणपछि सो विद्यालयका प्रधानाध्यापक कैलाश चौधरी सहित सबै शिक्षकसँग मन्त्री पोखरेलले यस्तो अनुरोध गरेका हुन् । पछिल्ला केही दशक यता सामुदायिक विद्यालयको साख गिरेको अवस्था स्वीकार्दै त्यसलाई सुधार्ने मुख्य जिम्मेवारी शिक्षकले नै लिनु पर्ने मन्त्री पोखरेलको भनार्इ थियो ।

“शिक्षकका छोराछोरी बोर्डिङ स्कूलमा पढ्ने भएपछि आम जनताले सामुदायिक बिद्यालयमा पठन पाठन हुन्छ भन्ने कसरी विश्वास गर्ने ”, मन्त्री पोखरेलले भने, “यसले शिक्षकको मर्यादा र पेशा प्रति पनि नकारात्मक धारणा बनेको छ, यसलाई सुधार्न शिक्षकले पहिलो पहल कदमी लिनु पर्छ ।”
रासस

Logo