काठमाडौँ

महानगरीय प्रहरी परिसरले विभिन्न व्यक्तिलाई नेपाली सेनाको उपसेनानी र अनुसन्धान विभागको असई बनाइ दिने भन्दै ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । "/>

जागिरको आशा देखाई एक करोड ठगी गरेको अभियोगमा चार जना पक्राउ

जागिरको आशा देखाई एक करोड ठगी गरेको अभियोगमा चार जना पक्राउ


काठमाडौँ

महानगरीय प्रहरी परिसरले विभिन्न व्यक्तिलाई नेपाली सेनाको उपसेनानी र अनुसन्धान विभागको असई बनाइ दिने भन्दै ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।

परिसरले सेना तथा अनुसन्धानका विभिन्न पदमा जागीर लगाइदिने तथा शान्ति सेनामा विभिन्न देश पठाइदिने भन्दै एक करोड १५ लाख ठगी गरेको भनिएका लमजुङका मोहन दुरा र पशुपति अधिकारी, तनहुँका यमुना खड्का तथा कास्कीका रमेश कुमाललाई पक्राउ गरेको हो । अभियुक्तलाई अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच परिसरले जुवाको खालबाट करीब सात लाख सहित बुधबार एघार जनालाई पक्राउ गरेको छ । परिसरले महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सहायतामा तास खेलिरहेका अवस्थामा ६ थान तास र नगद सहित तिनलाई साँझ नियन्त्रणमा लिएको हो ।
रासस

Logo