निवस्त्र पर्यटकसंग फोटो खिच्दा प्रहरीको जागिर चट

निवस्त्र पर्यटकसंग फोटो खिच्दा प्रहरीको जागिर चट


मेक्सिकोको कानकुन समुन्द्रि तटमा निवस्त्र रहेका महिला पर्यटकहरुसंग फोटो खिच्ने मेक्सिकोका ३ प्रहरी अधिकृतहरु बर्खास्तिमा परेका छन् ।

कानकुन समुन्द्रि तटमा छुट्टि मनाउन आएका पर्यटकहरुसंग हतियार सहित खिचेको फोटो सामाजिक संजालमा भाइरल भएको थियो । ति प्रहरी अधिकारीहरुले निवस्त्र रहेका पर्यटकहरुसंग फोटो खिचिरहेको क्षणलाई अन्य ब्यक्तिहरुले खिचेर सामाजिक संजालमा अपलोड गरेका थिए । निवस्त्र रहेका महिला पर्यटकहरुको राष्ट्रियता नखुले पनि प्रहरीहरुको पहिचान गरेर उनीहरुलाई बर्खास्त गरिएको हो ।

कानकुन क्षेत्र मेक्सिकोमा सर्वाधिक हिंसा हुने क्षेत्रको रुपमा रहेको छ । तर पनि यहाँ पर्यटकहरुको अत्याधिक चाप पनि हुने गरेको छ । यो क्षेत्रमा सुरक्षा कडा गर्न प्रहरीहरुलाई बिशेष हतियार र पोशाक उपलब्ध गराएर सतर्क राख्ने गरिन्छ । गत बर्ष मात्र काकुनमा २ सय ५० जनाको हत्या भएको थियो ।

Logo