११ कात्तिक २०७८ बिहीबार

युनिभर्सल पावरको आईपीओ आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । युनिभर्सल पावर कम्पनीले विक्रीमा ल्याएको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २१ लाख ३ सय ५० कित्ता आईपीओ पुस १५ गतेदेखि विक्रीमा ल्याएको हो । यो आईपीओमा पूर्ण आवेदन नपरेपछि कम्पनीले दुईपटक म्याद थप गरेको थियो ।

विक्री प्रवन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले काम गर्नेछ । आवेदन दिँदा न्यूनतम ५० कित्ता र अधिकतम ५ लाख कित्ताको आवेदन दिन सकिनेछ । इक्रा नेपालले यो आईपीओको लागि आधारभूत पक्षलाई औषतभन्दा तल रहेको जनाउने ग्रेड ४ रेटिङ प्रदान गरेको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १३ करोड रहेको छ ।

आयोजना प्रभावित क्षेत्र र सर्वसाधारणको लागि आईपीओ जारी गरेपछि पूँजी २ अर्ब १० करोड पुग्नेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि शेयर जारी गरेपछि सर्वसाधारणको लागि ९६ लाख ६१ हजार ६ सय १० कित्ता आईपीओ जारी गर्नेछ ।

स्थानीयहरुले हिमालयन बैंक गौरिशंकर शाखा, सिद्धार्थ बैंक, एनआईसी एशिया, महालक्ष्मी विकास बैंक, र सिन्धु विकास बैंकको चरिकोट शाखा कार्यालय तथा सिन्धु विकास बैंकको मुडे र सिंगटी शाखा कार्यालयबाट पनि आइपिओमा आवेदन गर्न सक्नेछन्।

प्रकाशित: १३ माघ २०७५ १२:२५ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी