बलिउडमा हिरोको मात्र आधिपत्य छैन । हिरोइनले पनि पुरै फिल्मलाई आफ्नो काँधमा बोक्न सक्छन् । कंगना रनौट त यस मामलामा धेरै अगाडि छिन् । "/>

कास्टिङ काउच र नारी शोषणबारे प्रियंकाको यस्तो खुलासा

कास्टिङ काउच र नारी शोषणबारे प्रियंकाको यस्तो खुलासा


बलिउडमा हिरोको मात्र आधिपत्य छैन । हिरोइनले पनि पुरै फिल्मलाई आफ्नो काँधमा बोक्न सक्छन् । कंगना रनौट त यस मामलामा धेरै अगाडि छिन् । उनले लिड रोल गरेको केहि चलचित्र सुपरहिट पनि भएको छ । त्यसो त कंगना अभिनित फिल्ममा हिरोले बराबर पारिश्रमिक बुझ्ने गर्छिन । त्यस्तै अर्की अभिनेत्री हुन्, प्रियंका चोपडा ।

प्रियंका चोपडा पनि बलिउडमा हावी भएकी अभिनेत्री हुन् । उनी हिरोले बराबर हिरोइनले पनि पारिश्रमिक पाउनुपर्छ भनेर वाकलत गर्ने गर्छिन् । हलिउड फिल्ममा समेत अभिनय गरिसकेकी प्रियंकाले खुलेरै पुरुषवादी सोचको बिरोध गर्छिन् ।

उनी केहि समयअघि निकै कडा रुपमै प्रस्तुत भएकी थिइन् । यस सम्बन्धमा अभिनेत्री प्रियंका चोपडाले मनको पोकोपन्तुरो खोलेकी छिन् । उनले भनेकी छिन्, करियरको सुरुवातमा निर्देशक र हिरोको गर्लफ्रेन्ड बन्नुपर्ने बाध्यता थियो । उनी थप्छिन्, ‘गर्लफ्रेन्ड बन्न नसक्दा म धेरै फिल्मबाट निकालिएँ ।’ अतः उक्त भुमिका नायक र निर्देशकमध्येको गर्लफ्रेन्डले पाउने गरेको उनले बताएकी छिन् ।

प्रियंकाले बलिउडमा कास्टिङ काउचको रुप कस्तो हुन्छ भन्ने कुरा पनि उदांगो पारेकी छिन् । बलिउडमा अभिनेत्रीहरु ठगिएको पनि उनको गुनासो थियो । बलिउडमा महिला र पुरुषबीच पारिश्रमिकबीच निकै भेदभाव रहेको उनको भनाइ छ ।

Logo