वीरगन्ज , ३, माघ

नेपाल र भारतको सीमामा हराएका र जीर्ण भएका सीमा स्तम्भ (पिलर) मर्मत र निर्माणका क्रममा वीरगन्जमा नेपालतर्फको झण्डै ३० बिघा जग्गा भारतमा मिसिन गएको छ । "/>

नयाँ पिलर राख्दा १२ नेपालीको ३० बिघा नम्बरी जग्गा भारतमा !

नयाँ पिलर राख्दा १२ नेपालीको ३० बिघा नम्बरी जग्गा भारतमा !


वीरगन्ज , ३, माघ

नेपाल र भारतको सीमामा हराएका र जीर्ण भएका सीमा स्तम्भ (पिलर) मर्मत र निर्माणका क्रममा वीरगन्जमा नेपालतर्फको झण्डै ३० बिघा जग्गा भारतमा मिसिन गएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयाका १२ स्थानीयको करिब ३० बिघा नम्बरी जग्गा नै भारतमा मिसिन गएको हो। नेपाल भारत संयुक्त सीमा सर्वेक्षण टोलीले दुवै देशको दशगजा क्षेत्रमा पिलरको मर्मत र निर्माण गर्ने क्रममा स्थानीय रविन्द्र महतो कोइरी, महावीर दास, बद्री साह, नेमी साह, असर्फी साह कानु सहित १२ नेपालीको गरेर करिब ३० बिघा नम्बरी जग्गा, नयाँ पिलर निर्माणपछि भारत तर्फ पर्न गएको हो। ३९२ नम्बरको जङगे पिल्लर अन्तर्गतका २९ वटा सहायक पिलर मध्ये १२ वटा पिलर स्थानीयको लालपूर्जा भएकै जग्गामा परेको छ ।

नेपाल भारतको सीमा व्यवस्थापनका लागि सन् १८४० मा दुवै देश बीच भएको सुगौली सन्धिमा उल्लेख गरिएको सीमा नक्शाको आधारमा अहिले पिलर निर्माण भइरहेका बेला वीरगन्ज महानगरपालिका वडा नम्बर १ को छपकैयामा पर्ने जंगे पिलर ३९१ को ३८ र ३९ तथा ३९२ को ७, ८, ९ ,१० , २७ र २८ नम्बरको सहायक पिलर नेपाल तर्फ परेपछि स्थानीयले बर्षौं देखि भोग चलन गर्दै आएको करिब ३० बिघा नेपाली भूमी भारततर्फ पर्न गएको हो।

पिलर गाड्ने क्रममा स्थानीयसँग कुनै राय सुझाव समेत नलिई जिपिएस प्रणालीद्वारा लिइएको नक्शाको आधारमा मात्रै पिलर राख्न लागिएकाले आफूहरुको जग्गा भारततर्फ पर्न गएको पीडित जग्गाधनीले बताएका छन् । नेपाल सरकारले पुस्तौ देखि भोगचलन गर्दै आएको नम्बरी जग्गामै पिलर गाडेकाले आफूहरुले मालपोत कर समेत तिरेर भोगचलन गर्दै आएको जग्गा गुमाउनु पर्ने अवस्था आएको पीडित जग्गधनी मध्ये रवीन्द्र महतो कोइरीले गुनासो गरे। ‘यदि यो जग्गा भारतकै थियो भने नेपाल सरकारले हामीलाई लालपूर्जा किन दियो त ?’ कोइरीले प्रश्न गर्दै भने, ‘आफ्नो नाममा रहेको जग्गामा पिलर गाड्न लागेको देखेपछि मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालयमा समेत जानकारी गराउँदा पनि कुनै सुनुवाइ नगरी नेपाल सरकारले नम्बरी जग्गामा पिलर गाडेपछि हामी विरोध गर्न बाध्य छौँ।’
अन्नपूर्णबाट

Logo