नुवाकोट, २१, पुस
नुवाकोटका भूकम्पपीडितहरु निर्माण सामग्री अभावका कारण समस्यामा परेका छन् । वालुवा, सिमेन्ट हार्डवेयर देखि स्थानीय कच्चा निर्माण सामग्रीको अभावमा भूकम्पपीडितले हैरानी खेप्नु परेको छ । "/>

निर्माण सामाग्रीको मुल्य आकाशिदा भूकम्पपीडितहरु समस्यामा

निर्माण सामाग्रीको मुल्य आकाशिदा भूकम्पपीडितहरु समस्यामा


नुवाकोट, २१, पुस
नुवाकोटका भूकम्पपीडितहरु निर्माण सामग्री अभावका कारण समस्यामा परेका छन् । वालुवा, सिमेन्ट हार्डवेयर देखि स्थानीय कच्चा निर्माण सामग्रीको अभावमा भूकम्पपीडितले हैरानी खेप्नु परेको छ । जसको कारण भुकम्पपिडितहरुले रााष्ट्रिय पुननिर्माण प्राधिकरणले दिएको समयसिमामा घर बनाउन नसक्ने भएका छन् । पुस मसान्त नजिकिँदै गर्दा भूकम्पपीडित निर्माण सामग्रीको खोजीमा हार्डवेयर पसलमा सिमेन्ट, छडका लागि धाउँदै आएका छन् । ढुङ्गा, बालुवा, गिट्टी लगायतका सामग्रीको कृत्रिम अभाव भएको छ । त्यस्तै घर निर्माणको लागि कामदार अभावले पनि भुकम्पपिडितहरु मारमा परेका छन । कामदार र निर्माण सामागीहको कृत्रिम अभाव भएसँगै मूल्य समेत दोब्बर बनाइँदा भूकम्पपीडितले दोहोरो मारमा परेका छन ।

घर निर्माण गर्न वालुवा, सिमेन्ट र कामदार नपाउँदा समस्या भएको विदुर नगरपालिका वडा नं ११ का दाताराम प्याकुरेलले बताए । प्याकुरेलले भने , गाउँमा कामदाहरुको अभावसँगै निमार्ण सामागीहरु र्इंटा, वालुवा, सिमेन्ट तथा रडहरुको अभाव भएको छ जसले गर्दा रााष्ट्रिय पुननिर्माण प्राधिकरणले दिएको पुस मसान्त सम्मको म्याद गुर्जनै लाग्दा राहात नपाउने होकि भनेर चिन्ता बढेको छ । नुवाकोटमा यसअघि प्रतिबोरा ७ सय देखि ८ सय सम्म पर्ने सिमेन्टको मूल्य बढेर ९ सय देखि १ हजार सम्म पुगेको छ । भनेको समयमा निर्माण सामग्री नपाउँदा भूकम्पपीडित काठमाडौं सम्म पुग्ने गरेका छन ।
नेपाल समाचारपत्रबाट

Skip This
Logo