राजकुमार राईको कडा जवाफ रोज राणालाई (भिडियो सहित)

राजकुमार राईको कडा जवाफ रोज राणालाई (भिडियो सहित)


चलचित्र विकाश बोर्डका निबर्तमान अध्यक्ष राजकुमार राईले चलचित्र निर्माता सरोज थापा अर्थात रोज राणालाई र आफू विरुद्धको समाचार प्रकाशित गर्ने पत्रिकालाई कडा बिज्ञप्ती निकालेर चेतावनी दिएका छन् । बिज्ञप्ती मार्फत उनले भनेका छन्,– ‘एउटा घटनाको परिकल्पना गरेर हुँदै नभएको ‘दृश्य’ कथेर मेरो छवी धुमील बनाउने प्रायोजीत समाचार प्रकाशमा आएपछि मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

उनले बिज्ञप्तीमा थपेका छन् – ‘एउटा पत्रिकाले लेखेको प्रायोजित समाचारलाई आम मिडियाले अन्धरुपमा साभार गर्ने र ‘प्रोपोगन्डा’ सृजना गर्ने वर्तमान परिपाटीले धेरैलाई पीडित बनाएको छ । यस पटक यसै प्रकारको पीडाको सामना मैले पनि गरिरहनु परेकोमा म दुखि छु ।’

एउटा साप्ताहिक पत्रिकाले राजकुमार राई रोज रोणाका अगाडि कापेको समाचार प्रकाशमा आएपछि राईले खण्डन गर्दे विज्ञप्तीमा भनेका छन् –‘म डराउने र काप्नेगरी आजका मितिसम्म कुनै काम नगरेको र राजकुमार राई डराउनेगरी कुनै ब्यक्ति पनि नजन्मिएको’ उनले प्रष्ट पारेका छन् ।
प्रस्तुत छ, राईले आज प्रकाशित गरेको बिज्ञप्ती जस्ताको त्यस्तै –

प्रिय मित्रहरु
विषय – गम्भिर ध्यानाकर्षण भएको सम्बन्धमा ।
मित्रहरु, नेपाली सञ्चार जगतको भूमीका प्रति म सधैं सकारात्मक छु । सूचनाको पहुँच बिस्तार हुनुले नेपालीहरुको चेतनाको स्तर उकासिएको सहजै मूल्यांकन गर्न सकिन्छ । तर, यही बृत्तमा यस्ता पनि केही सञ्चार र सञ्चारकर्मी छन् जसको खेतीपाती नै अरुको मानमर्दन गर्ने र सुकिलो छवीमा हिलो छ्याप्ने कार्यमा सीमित छ ।
प्रसंग केही दिन अघिको हो । एउटा घटनाको परिकल्पना गरेर हुँदै नभएको ‘दृश्य’ कथेर मेरो छवी धुमिल बनाउने प्रायोजीत समाचार प्रकाशमा आएपछि मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यो त्यही पत्रिका हो, जसले म लगायतका धेरै चलचित्रकर्मीलाई बेला–बेला लखेट्दै आएको प्रमाणहरु मैले सुरक्षित राखेको पनि यहाँहरु समक्ष जानकारी गराउन चाहान्छु । एउटा पत्रिकाले लेखेको प्रायोजित समाचारलाई आम मिडियाले अन्धरुपमा साभार गर्ने र ‘प्रोपोगन्डा’ सृजना गर्ने वर्तमान परिपाटीले धेरैलाई पीडित बनाएको छ । यस पटक यसै प्रकारको पीडाको सामना मैले पनि गरिरहनु परेकोमा म दुखि छु ।

मित्रहरु, समाचारमा उल्लेख भए अनुसारको मैले चलचित्र विकाश बोर्डका कतिपय सामाग्री बुझाउन बाँकी छ भन्ने कुरा सही हो । बिकाश बोर्डको म निवर्तमान अध्यक्ष भएकाले बोर्डसँग हिसाव फस्र्योट बा“की रहेकाले समाचार लेख्न हतार गरेको जानकारी गराउन चाहान्छु । र, आजका मितिसम्म मैले हरेक संस्थामा रहँदा पारदर्शीता अपनाएको सवैका सामुन्ने घाम जत्तिकै छर्लङ्ग छ । जहाँसम्म निर्माता संघको फर्निचरको समाचार छ, ती फर्निचर मैले ब्यक्तिगत रुपमा खरिद गरेको प्रमाण समेत निर्माता संघमा सुरक्षित छ ।

मित्रहरु, राजकुमार राईले डराउने र काप्नेगरी आजका मितिसम्म कुनै काम नगरेको र म डराउनेगरी कुनै ब्यक्ति पनि नजन्मिएको अवगत गराउँदै आइन्दा त्यस प्रकारका तुच्छ समाचार प्रकाशमा आएको खण्डमा म कानुनी लडाई लड्न बाध्य हुने समेत जानकारी गराउँछु । पीत पत्रकारिता गर्ने मिडिया र मिडियाकर्मीलाई कानुनी उपचार मार्फत ठेगान लगाउन सम्बन्धित निकाय चनाखो बन्नु पर्छ भन्नेमा पनि मेरो सदैभ माग रहँदै आएको छ । धन्यबाद ।

राजकुमार राई
चलचित्र निर्माता
२०७४ पुष २०

 

Logo