1
1
1
1
1
0
Shares

कुन बैंकले कति ब्याजदरमा दिंदैछ ऋण ?

1
1
1
1
1
1
1
1

बाणिज्य बैंकहरुको आधार दर घटेको छ।२८ बाणिज्य बैंकमध्ये तीन वटाको आधार दर बढेको छ भने बाँकी सबै बैंकको आधार दर घटेको छ

बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बैंकहरुको आधार ब्याजदर घटेको देखिन्छ। आधार दर घटे पनि ग्राहकले लिने ऋणको ब्याज भने घटिसकेको छैन।

अहिले सबैभन्दा महँगो आधार दर कुमारी बैंकको छ भने सबैभन्दा सस्तो ब्याजदर राष्ट्रिय बाणिज्य बैंकको छ ।

कुमारी बैंकको असोजको तुलनामा पुसमा ०.४६ प्रतिशतले आधार दर बढाएर ११.५५ पुर्याएको छ। बैंकहरुले आधार दरमा न्युनतम दुईदेखि ५ प्रतिशतसम्म प्रिमियम जोडेर ऋणको ब्याज दर तय गरिरहेका छन्। औषत साढे २ प्रतिशतले प्रिमियम जोड्डा बजारमा सबैभन्दा महँगो ब्याज ११.०५ प्रतिशत पुगेको छ।

त्यस्तै सिभिल बैंकले ०.३३ प्रतिशत बढाएर ११.३१ प्रतिशत पुर्याएको छ भने मेगाले ०.२८ प्रतिशतले बढाएर १०.८३ प्रतिशत कायम गरेको छ। बाँकी सबै बैंकको आधार दर घटेको छ।

नेपाल बैंक, एनआइसी एसिया र कृषि विकास बैंकको आधार ब्याजदर घटेको छ। नेपाल बैंकको १.४६ प्रतिशतले घटेर ६.०६ प्रतिशत कायम भएको छ। एनआइसी एसियाको १.४४ प्रतिशतले घटर ९.३३ प्रतिशत र कृषि विकास बैंकको १.१७ प्रतिशतले घटेर ११.१५ प्रतिशत कायम भएको छ।

माछापुच्छ्रे, एनसिसी, मेगा, नेपाल बंगलादेश बैंक, सिटिजन्स, सनुराइज, बैंक अफ काठमाण्डू, सिद्धार्थ, लक्ष्मी, प्राइम, एनएमबी र ग्लोबल आइएमइ बैंकको ११ प्रतिशतभन्दा कम १० प्रतिशतभन्दा माथि आधार दर छ। त्यस्तै नेपाल एसबिआइ, सानिमा, प्रभु, एनआइसी एसिया, हिमालयन, नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट बैंकको १० प्रतिशतभन्दा तल ८ प्रतिशतभन्दा माथि छ। नबिलको ७.९४, स्ट्यान्डर्ड चार्टर्डको ७.५५, नेपाल बैंक ६.०६ र राष्ट्रिय बाणिज्य बैंकको ५.६० प्रतिशत छ।

ऋणको ब्याज नघटेपछि ब्यवसायीहरु आन्दोलित भएका छन्। ब्याज दरका बारेमा अर्थमन्त्री डा. युवराज खतिवडाले गभर्नर डा. युवराज खतिवडासहित ब्यवसायी र बैंकर्स संघका प्रतिनिधिहरुसँग छलफलसमेत गरेका थिए। बैंकरहरुले प्रत्येक तीन/तीन महिनामा ब्याज दर पुनरावलोकन हुने तर्क दिएका थिए ।

प्रकाशित: २८ माघ २०७५ १२:३७ सोमबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी