काठमाडौं,पुस,२
तापक्रम घटेसँगै काठमाडौँ उपत्यका सहित देशभर चिसो बढेको छ । शनिबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ । "/>

उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो

उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो


काठमाडौं,पुस,२
तापक्रम घटेसँगै काठमाडौँ उपत्यका सहित देशभर चिसो बढेको छ । शनिबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ । शुक्रबार ३ दशमलब ४ डिग्रीमा पुगेको थियो । तापक्रम घटेकाले उपत्यकामा बढी चिसो महसुस गरिएको छ । चिसोकै कारण शनिबार उपत्यकाका फाँट वरिपरि तुषारो परेको छ । तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको मौसमविद मीनकुमार अर्यालले बताए । ‘जाडो याममा चिसो बढ्नु नौलो कुरो होइन तर यसमा उच्चचापीय क्षेत्रको केही प्रभाव (रातको समयमा आकास सफा र खुल्ला) पनि देखिएकाले तुलनात्मक रुपमा तापक्रम घटेको र तुषारो परेको छ,’ उनले भने ।

केही दिनयता पहाडी भेगमा हल्का बदली भएको छ भने मध्यतराईमा कुइरो लागेका कारण चिसो बढेकामा आइतबार बिहान देखि क्रमिक रुपमा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद अर्यालको भनार्इमा अझै उपत्यकाको तापक्रम घटेर शून्य डिग्री सम्म पुग्ने अनुमान गरिएको छ । गएराति काठमाडौँको तापक्रम माइनसमा झरेको थियो । शनिबार यो वर्षकै बढी चिसो भएको महाशाखाको भनार्इ छ ।
अन्नपूर्णबाट

Logo