हुम्ला,२५, मंशिर
हुम्लाको प्रतिनिधि सभा र प्रदेश सभाको परिणाम सार्वजनिक भएपछि समानुपातिक तर्फ मतगणना सुरू भएको छ । "/>

हुम्लामा समानुपातिक तर्फ कांग्रेस पहिलो

हुम्लामा समानुपातिक तर्फ कांग्रेस पहिलो


हुम्ला,२५, मंशिर
हुम्लाको प्रतिनिधि सभा र प्रदेश सभाको परिणाम सार्वजनिक भएपछि समानुपातिक तर्फ मतगणना सुरू भएको छ । वामगठबन्धन भन्दा कांग्रेसले मत बढी पाएको छ । प्रत्यक्ष तर्फ प्रदेश नम्बर ‘ख’ मा मात्रै विजयी भएको कांग्रेसले समानुपातिक तर्फ एमाले र माओवादी भन्दा वढी मत पाएको छ । समानुपातिक तर्फ कांग्रेसले प्रतिनिधि सभामा ७ हजार २ सय ६३ मत प्राप्त गरेका छ । माओवादी केन्द्रको समानुपातिक तर्फ ५ हजार ३ सय ६७ मत रहेको छ । यस्तै एमाले प्रतिनिधि सभा सामानुपातिक तर्फ ४ हजार ९ सय ८१ मत रहेको छ । कुल २७ हजार ४ सय ३५ मतदाता रहेको हुम्ला जिल्लामा जम्मा २१ हजार १ सय ९५ मत खसेको मुुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले जानकारी दिए ।
नयाँपत्रिकाबाट

Logo