निवर्तमान सभामुख ओनसरीबाट मतदान

निवर्तमान सभामुख ओनसरीबाट मतदान


रोल्पा, १० मंसिर (रासस) ः निवर्तमान सभामुख ओनसरी घर्तीमगरले रोल्पा नगरपालिका–७ मा रहेको बाल उदय मावि माडीचौर केन्द्रबाट बिहान ७ः२० बजे मतदान गर्नुभएको छ । 

सोही मतदान केन्द्रबाट पूर्वअर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले पनि मतदान गर्नुभयो । संमृद्ध नेपाल निर्माणका लागि हुन लागेको निर्वाचनमा मतदान गर्न पाउँदा आफूलाई निकै खुशी लागेको पुनले संक्षिप्त प्रतिक्रिया दिनुभयो । रोल्पा नगरपालिका–१ तारा मावि वामरुक मतदानमा नामावली रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महरा भने मतदानमा उपस्थित हुनुभएन । चुनावी प्रचार प्रसारका क्रममा दाङमा रहेका कारण महरा मतदानमा उपस्थित नभएको बताइएको छ । 

मतदातालाई भयमुक्त ढंगले मतदानको वातावरण बनाइएको सुरक्षाकर्मीले बताएका छन् । जिल्लाका अधिकांश स्थानमा मतदान शान्तिपूर्ण ढंगले भइरहेको सुरक्षा स्रोतले बताएको छ । 

Logo