हेटौँडा, ३, कात्तिक
मकवानपुरगढी गाउँपालिका– वडा नं २ गैरी भञ्ज्याङमा हिजो अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । "/>

अटो-रिक्सा दुर्घटना , गर्भवती सहित दुईको अवस्था गम्भीर

अटो-रिक्सा दुर्घटना , गर्भवती सहित दुईको अवस्था गम्भीर


हेटौँडा, ३, कात्तिक
मकवानपुरगढी गाउँपालिका– वडा नं २ गैरी भञ्ज्याङमा हिजो अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।  घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपराज झाले जानकारी दिए । ना १ ह ९३५१ नं को अटोरिक्सा दुर्घटना हुँदा स्थानीय २५ वर्षीया गर्भवती मीनुकुमारी डिमडुङ र ५६ वर्षीया वसन्ती बम्जन गम्भीर घाइते भएका छन् । घाइतेको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

दुर्घटनामा परी सोही वडाकी २१ वर्षीया बिन्दु बम्जन, २५ वर्र्षीय विजय स्याङ्तान र वडा नं ३ का नाम नखुलेका २८ वर्षीय व्यक्ति सामान्य घाइते भएका छन् । उनीहरुको चुरे हिल हस्पिटलमा उपचार जारी छ । हेटौँडाबाट गइरहेको अटो सडकबाट ४० फिट तल खोल्सामा खसेको थियो । अटोका चालक मकवानपुरगढी– २ का प्रह्लाद घिमिरे हाल फरार रहेका छन् ।
रासस

Logo