यी भारतीय महारानीकी बुहारी नेपालकी थिइन्, विशेष रेलमा आएका थिए जन्ती

यी भारतीय महारानीकी बुहारी नेपालकी थिइन्, विशेष रेलमा आएका थिए जन्ती


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २५ असोज ।

भारतको ग्वालियर राजघरानाकी राजमाता विजयाराजे सिंधियाको कहानी अनौठो छ, जो नेपालसँग पनि जोडिएको छ । यी महारानीले आफ्नो राजघरानाको सम्पति अरु कसैलाई उपभोग गर्न दिइनन्, अर्थात् कुनै सन्तानलाई अंश दिइनन् ।

उनले इच्छापत्र यस्तो लेखेकी थिइन्, ‘मेरो छोराले मेरो अन्तिम संस्कार गर्न पाउने छैन ।’ भनिन्छ, छोरा माधवराव सिंधियाले उक्त महलमा बस्नका लागि पनि भाडा तिर्नुपथ्र्यो ।

– मधवराव सिंधियाको विवाह ८ मार्च १९६६ मा भएको थियो, नेपालको राणा खानदानमा ।

– माधवरावको विवाहका लागि केटी छनौट राजमाताले फोटो हेरेर गरेकी थिइन् ।

– विवाहअघि माधवरावलाई नेपालका शाही खानदानसँग जोडिएका अन्य युवतीको पनि फोटो देखाइएको थियो । ती सबैलाई उनले अस्वीकार गरेका थिए ।

– जब किरण राज्यलक्ष्मीको फोटो उनले देखे, माधवरावले तुरुन्तै स्वीकार गरे ।

– विवाहपछि राजमाता विजयाराजे सिंधियाले किरण राज्यलक्ष्मीको नाम परिवर्तन गरिदिइन् । र, राखिदिइन्, माधवी राजे ।

– भनिन्छ, ५० वर्षअघि जयविलास प्यालेससम्म रेललाइन पुगेको थियो । माधवराव सिंधियाको विवाहका लागि एउटा स्पेसल ट्रेनको व्यवस्था गरिएको थियो ।

– त्यही रेलमा डेढ सय जति राजपरिवार सदस्य विवाहका लागि दिल्लीसम्म गएका थिए ।

– नेपालको राणा परिवारले छोरीलाई दिल्ली पु¥याएर विवाह गरिदिएका थिए । उक्त विवाह निकै भव्य थियो ।

(एजेन्सीको सहयोगमा)

Logo