मेक्सिकोको भूकम्पमा परि मृतकको संख्या ३२ पुग्यो

मेक्सिकोको भूकम्पमा परि मृतकको संख्या ३२ पुग्यो


मेक्सिको, २२ भदौ । मेक्सिकोको ग्वाटेमालासँगको सीमा क्षेत्रमा अवस्थित चिपास राज्यमा गएको भुकम्पका कारण ओसाका क्षेत्रमा १० जनाको मृत्यु भएको छ भने अन्य क्षेत्रमा बाँकी पाँच जनाको पनि केही व्यक्तिको मृत्यु भएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ । 

यसैबीच चिनियाँ समाचार संस्था सिन्ह्वाले ओसाका राज्यका गभर्नर अलेजान्द्रो मुरतलाई उद्धृत गर्दै भूकम्पका कारण ३२ जनाको मृत्यु भएको जनाएको छ । मेक्सिकोको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ८.१ म्याग्निच्युडको भूकम्प गएको र यसमा परी कम्तीमा १५ जनाको मृत्यु भइसकेको र केही बेपत्ता रहेको नागरिक सुरक्षा प्रमुख लुइस फेलिप पुएन्टले बताए । 

भूकम्पको झट्का करिब एक मिनेटसम्म महसुुस गरिएको उनले बताए । मेक्सिकोमा केन्द्रविन्दुबाट करीब एक हजार किलोमिटर टाढासम्म भूकम्पको व्यापक असर परेको छ । भूकम्पले सो क्षेत्रमा कैयौँ घरहरू भत्किएका छन् । यस अघि दिइएको जानकारीमा नौ जनाको मृत्यु भएको र केही मानिस सम्पर्क बाहिर रहेको बताइएको थियो । सिन्ह्वा

Logo