काठमाडौं उपत्यकामा थपिए एक हजार ३ सय ५७ संक्रमित, कुन जिल्लामा कति ?

काठमाडौं उपत्यकामा थपिए एक हजार ३ सय ५७ संक्रमित, कुन जिल्लामा कति ?


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ३ सय ५७ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार ११३, भक्तपुरमा ४९ र ललितपुरमा १९५ जना गरी १ हजार ३५७ जना संक्रमित थपिएका हुन् । जसमा महिलाको संख्या ५ सय ६९ र पुरुषको संख्या ७ सय ८८ रहेको छ ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ७६ हजार ३ सय ४८ पुगेको छ । काठमाडौंमा ६१ हजार ८ सय ५५ जना, ललितपुरमा ८ हजार ७ सय ९४ , भक्तपुरमा ५ हजार ६ सय ९९ जना संक्रमित पुगेका छन् ।

Logo