हानिकारक निर्माण सामग्री आयातमा रोक

हानिकारक निर्माण सामग्री आयातमा रोक


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १८ साउन ।

नेपाल सरकारले मानव जीवनलाई असर गर्ने किसिमका निर्माण सामग्री आयातमा रोक लगाएको छ । नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभागले एस्वेस्ट्स भएको सिमेन्ट बोर्ड र प्रिफयाब बोर्ड आयातमा रोक लगाएको हो ।

विभागले एस्वेस्ट्स (निर्माण सामग्रीमा हुने हानिकारक तत्व) नभएको प्रिफयाब बोर्ड, सिमेन्ट बोर्ड, रुफिङ सिटलाई मात्रै आयात गर्न दिने भएको हो । हानिकारक निर्माण सामग्री आयात नहोस् भनेर विभागले सबै भन्सार कार्यालयहरूलाई परीक्षण गरेर मात्रै भित्राउन निर्देशन दिएको छ ।
भन्सार विभागका महानिर्देशक रामशरण चिमोरियाले एस्बेस्ट्स भएको निर्माण सामग्रीका कारण स्वास्थ्यलाई पुर्याउन सक्ने हानिलाई ध्यान दिएर सबै भन्सार कार्यालयहरूलाई निर्देशन जारी भइसकेको जनाए । विभागका सूचना अधिकारी कुलराज ज्ञवालीले भारतलगायतका देशहरूबाट एस्बेस्ट्स् भएको निर्माण सामग्री भित्रिने गरेका कारण त्यसमाथि नियन्त्रण गर्न खोजिएको जनाए ।

एस्बेस्ट्स् भन्नाले निर्माण सामग्रीमा हुने क्यान्सरसम्म हुनसक्ने डरलाग्दो खनिज पदार्थ हो । सिमेन्ट बोर्डलगायत रुफिङ बोर्ड बनाउँंदा प्रयोग हुने यो एक प्रकारको आँखाले नदेखिने फाइबर हो ।

दशकौंदेखि युरोपलगायत विकसित मुलुकहरूमा क्यान्सरजस्ता रोग निम्त्याउने खतरा भएको भन्दै यसलाई प्रतिबन्ध लगाएका छन् । तर, छिमेकी मुलुक भारतमा भने पूर्ण बन्देज छैन । भारतबाटै यहाँं यस्ता निर्माण सामग्री भित्रिँदै आएका छन् ।

नेपाल सरकारका पूर्व स्वास्थ्य–सचिव डा प्रवीण मिश्रका अनुसार प्रिफयाब, सिमेन्ट बोर्ड, रुफिङ बोर्डलगायत अन्य निर्माण सामग्रीमा हुने एस्बेस्ट्ससँंग लामो समय निरन्तर सम्पर्कमा ररिहरहँदा यसबाट क्यान्सरसम्मको खतरा हुनसक्छ । यसलाई विचार गरेर सरकारले गरेको यो कदम स्वागगयोग्य भएको डा. मिश्रले बताए । स्वदेशमै एस्बेस्ट्स नभएको निर्माण सामग्री पनि उत्पादन हुँंदै आएको छ ।

 

Logo