बलात्कारपछि हत्या गरिएकी भट्टको हत्यारालाई कारवाही गर्न महिला विभागको माग (विज्ञप्तिसहित)

बलात्कारपछि हत्या गरिएकी भट्टको हत्यारालाई कारवाही गर्न महिला विभागको माग (विज्ञप्तिसहित)


नेपाली काँग्रेस केन्द्रीय महिला विभागले बलात्कारपछि हत्या गरिएकी भगिरथी भट्टको हत्यारालाई पक्राउ गरी कडा कारवाही गर्न माग गरेको छ ।  

विभागका सचिव लक्ष्मी खतिवडाले आइतबार एक विज्ञप्ति जारी गरी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको बलात्कारपछि हत्या गरिएको घटनाले नेपाली काँग्रेस केन्द्रीय  महिला विभाग स्तब्ध भएको भन्दै हत्यारालाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेकी हुन् ।

“विगतका दिनमा निर्मला पन्त र सम्झना विक लगायत किशोरीको बलात्कार गरी हत्या हुँदासमेत घटनामा संलग्नलाई पक्राउ गरी कारवाही नहुनु  दुःखद कुरा हो”, सचिव खतिवडाले विज्ञप्तिमा भनेकी छिन् । भट्टको हत्याका विरुद्ध देशव्यापी विरोध भइरहेका बेला विभागले पनि विरोधप्रति ऐक्यवद्धता जनाउँदै दोषीलाई कार्वाही गर्न माग गरेको हो । 

Logo