राज्य र नीजि क्षेत्रबीच साझेदारी आवश्यकः वरिष्ठ उपाध्यक्ष ढकाल

राज्य र नीजि क्षेत्रबीच साझेदारी आवश्यकः वरिष्ठ उपाध्यक्ष ढकाल


नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मुलुकभित्र उद्यमशीलताको विकास र विस्तारको वातावरण निर्माण गर्न राज्य र नीजि क्षेत्रबीच सहकार्य र साझेदारीको आवश्यकता रहेको बताएका छन् ।  

मंगलबार मेची उद्योग वाणिज्य संघको १७ औं साधारणसभालाई सम्बोधन गर्दै ढकालले यदि राज्यले व्यवसायिक सहजीकरण गर्ने, लगानीको वातारण बनाइदिने र नीजि क्षेत्रलाई बिना लगानी पार्टनरको रुपमा स्वीकार गर्ने हो भने मुलुकको विकास र समृद्धिको सपनालाई साकार पार्न धेरै समय नलाग्ने तर्क राखे ।  

मलेसियाका भएको द्रुत आर्थिक विकासको उदाहरण प्रस्तुत गर्दै त्यहाँको विकास राज्यको प्रयासबाट सम्भव भएको स्पष्ट पारे ।  राज्यले नीजि क्षेत्रमाथि हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु आवश्यक रहेको उनको भनाइ छ ।  

कोभिडको महामारीका कारण नेपालको उद्योग व्यवसायले भोग्नुपरेको समस्या समाधान तथा नेपालमा वैदेशिक लगानी भित्र्याउने वातावरणको निर्माणमा आफू निरन्तर क्रियाशील रहने उनको ठहर छ ।  

Logo