नेपाल लाइफ इन्स्योरेन्सको ३१ प्रतिशत बोनस पारित

नेपाल लाइफ इन्स्योरेन्सको ३१ प्रतिशत बोनस पारित


नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको माघ २८ गते वीरगञ्जमा सम्पन्न बिसौं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई चुक्ता पूँजीको ३१ प्रतिशत बोनस शेयर तथा प्रति शेयर रु.२० (कर सहित) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेकाे छ । बोनश शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रु. ७ अर्ब १९ करोड ९९ लाख ७० हजार ६६१ हुनेछ ।  

इन्स्योरेन्सका अध्यक्षले समीक्षा वर्षमा कम्पनीले कुल बीमा शुल्क आम्दानीमा सर्वाधिक करिब ३०.०९ प्रतिशत बजारहिस्सा हाँसिल गर्न सफल भएको बताए । उनले दुई दशकमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतीहरुबीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नवीन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालीम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरी आगामी दशकको अर्को सुनौलो यात्रातर्फ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

साना लगानीकर्ताहरुको समेत कम्पनीको शेयरमा सहज पहुँचका लागि कम्पनीले विद्यमान प्रति शेयर अंकित मूल्य रु.१०० को व्यवस्थालाई परिवर्तन गरी प्रति शेयर अंकित मूल्य रु. ५० कायम गर्ने प्रस्ताव पारित गरेको छ ।  

Logo