२० मंसिर २०७८ सोमबार

पहिलो पटक धनगढीबाट अछामसम्म हवाई सेवा सुरु

कैलाली । धनगढी-अछाम हवाई सेवा सुरु भएको छ । सुदूरपश्चिम प्रदेशबाट आफ्नै प्रदेशमा आन्तरिकतर्फ पहिलो पटक धनगढी–अछाम हवाई सेवा शुरु भएको हो ।

अछामको साफेबगरबाट समिट एयरले पहिलो उडान गरेको छ । शुक्रबार विहान नौ बजेर ४ मिनेटमा १६ जना यात्रु बोकेर धनगढी र नौ बजेर ४३ मिनेटमा १८ यात्रु बोकेर अछाम पुगेको छ । समिट एयरले विशेषगरी हिमाली क्षेत्रमा उडान भर्दै आएको छ ।

साफेबगर विमानस्थल कालोपत्रे भएपछि पहिलो पटक आन्तरिक उडान शुरु भएको हो । गत फागनु २२ गते नेपालगञ्जबाट साँफेबगर परीक्षण उडान गरेको समिट एयरले चैत ७ गते पुनः दोस्रो उडान सोही रुटमा गरेको थियो ।

साँफेबगरबाट धनगढीका लागि नियमित उडान भने आन्तरिक छलफलपछि मात्रै टुंगो लाग्ने समिट एयरका नेपालगञ्ज प्रमुख सरोजप्रसाद उप्रेतीले जानकारी दिए ।

धनगढीबाट साँफेबगरसम्मका लागि ३ हजार ३ सय ५० रुपैया भाडादर कायम गरिएको छ । धनगढी–साफेबगर नियमित हवाइ सेवा सुरु भएपछि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला अछाम, बाजुरा र डोटीसम्मका यात्रुलाई आवतजावतमा सहज हुनेछ ।

प्रकाशित: ८ चैत २०७५ १४:०९ शुक्रबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी