६ माघ २०७८ बिहीबार

युवाका प्रेरणा, ‘सेफ’ हेवेन

युवालाई देशको खम्बाको रुपमा लिइने गरिन्छ । तर विडम्बना विभिन्न बाध्यताका कारण यिनै युवा जमात वर्षेनी लाखौँको सङ्ख्यामा विदेश पलायन हुने गर्दछन् । देशको अस्थिर व्यवस्था र पर्याप्त रोजगारीको कमिले हरेक १० युवा मध्ये ९ जनाको अन्तिम विकल्प नै विदेशिनु रहेको पाइन्छ ।  

तर अर्कोतर्फ नेपालमा केहि त्यस्ता युवाहरु पनि छन्, जो आफ्नो मिहेनत र लगनशीलताका कारण नेपालमै पनि प्रतिष्ठित जीवन बिताउनुका साथै अरु थुप्रै युवाहरुको प्रेरणाको स्रोत समेत बनिरहेका छन् । र तिनै प्रेरणादायी युवा मध्येका एक हुन् सेफ हेवेन खनाल ।  

हेवेन आफ्नो मिहेनत र लगनशिलताका कारण प्रतिष्ठित जीवन मात्र विताइरहेका छैनन्, अनुभवका आधारमा पाको उमेरका मानिसमात्र एक्जुकेटिभ सेफ हुने गरेको नेपालको यस ट्रेन्डलाई तोड्दै नेपालकै पहिलो युवा एक्जुकेटिभ सेफ बनेर इतिहाससमेत कोर्न सफल भएका छन् ।  

सुनसरीको बराहक्षेत्र नगरपालिकामा ०५३ सालमा जन्मिएका आमाबाबाका एक्लो सन्तान हुन् हेवेन । लिटिल एन्जेल्स स्कूलबाट एसएलसी, हिमालयन ह्वाइट हाउस कलेजबाट प्रमाणपत्र तह उत्तीर्ण गरि मलेसियाबाट सम्बन्धन प्राप्त आइआइएमएस कलेजबाट होटेल म्यानेजमेन्टमा स्नातक गरेका हेवेनले उच्च शिक्षाका लागि नेपालको भन्दा विदेशको शिक्षा प्रणाली उत्कृष्ट हुन्छ भन्ने सोचलाई पनि उल्टाउन सफल भएका छन् । कस्तो शिक्षा लिइएको छ भन्दा पनि प्राप्त शिक्षालाई विद्यार्थीले कुन रुपमा ग्रहण गरेको छ भन्ने विषयले उक्त विद्यार्थीको भविष्य निर्धारण गर्ने उनको भनाइ छ ।

पहिलेदेखि होटेल म्यानेजमेन्ट र हस्पिट्यालिटी क्षेत्रमा रुचि भएका हेवेन वास्तवमा किचन भन्दा पनि म्यानेजमेन्टमा अगाडि बढ्न चाहन्थे । तर समय र परिस्थितीका कारण उनको भाग्य किचनतिर नै मोडियो ।  

झम्सीखेलस्थित इटालियन फाइन डाइनिङ्ग पियानो–बी रेष्टुरेण्टमा कोमी–टु को रुपमा विश्व प्रसिद्ध इटालियन कुजिनको अनुभव हासिल गरि काठमाडौंको आधादर्जन रेष्टुरेण्टमा काम गरिसकेका हेवेन हाल काठमाडौंको लाजिम्पाटस्थित साइनी नोरचोक बुटिक होटेललाई नेपालकै एक नमूना बुटिक होटेल बनाउने लक्ष्यसहित अघि बढिरहेका छन् ।

इटालियन कुजिन अन्तर्गत इटालियन पिज्जा, पास्ता कार्बोनारा, ब्रुस्चेता, पान्जिनेला, काप्रेस सलाद, मसरुम रिसोट्टो, लासाग्ना लगायतका स्वादिला खानेकुराहरु पस्कने यस होटलमा उनले यी कुजिनका अलावा ग्राहकहरुलाई नेपालीपनको आभास दिलाउन टिपिकल नेपाली खानेकुरा डोल्पाबाट ल्याइएका मोरल मसरुम सुप, कर्णालीको मार्सी थाली सेट र सोलुखुम्बुका हिमालयन स्नो ट्राउट माछा जस्ता परिकारहरु पनि मेनुमा समावेश गरेका छन् ।  

उनी कार्यरत साइनी नोरचोक बुटिक होटेलको आफ्नै विशेषताहरु रहेका छन् । पुरानो शैलीको घर, फाइन डाइनिङ्ग, पुराना सजावट सामानहरुबाट एन्टिक महसुस गराउने यस होटलमा मोर्डन हस्पिटालिटीको फ्युजन गरिएको छ । जसले गर्दा पनि यस होटल अरु होटलहरुभन्दा फरक र विशेष रहेको छ ।

बदलिदो समयसँगै अहिलेको पर्यटकिय आवश्यकतालाई ध्यानमा राखी नयाँ सोँच र जोशका साथ सुरु गरिएको यस होटलको सञ्चालक समितिमा दक्ष युवाहरु रहेका छन् । युवाहरुको मोर्डन माइन्डसेटकै कारण पनि आफ्नो उत्कृष्ट हस्पिटालिटीबाट ग्राहकलाई हरतवरबाट सन्तुष्ट पार्न यस होटल सक्षम छ ।  

भारतको मुम्बाई, गोवा र गुजरातमा ग्राहकलाई सफलतापूर्वक सेवा प्रदान गर्दै आएको यस बुटिक होटल काठमाडोैंमा मात्र नभई नेपालका मुख्य शहरहरु नेपालगन्ज, पोखरा, हेटौडा, लुम्बिनी र भैरहवामा समेत स्थापित भई ग्राहकहरुको मन जित्न सफल सावित हुँदै आएको छ ।

प्रकाशित: १ फागुन २०७७ १८:४९ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी