साताको पहिलो दिन नेप्से ३३.३३ अंकले घट्यो

साताको पहिलो दिन नेप्से ३३.३३ अंकले घट्यो


साताको पहिलो दिन आइतबार सेयर बजार २५ सय अंकभन्दा तल गिरावट आएको छ । सेयर बजार ३३.३३ अंकले घटेर आज २४ सय ९३.५९ अंकमा पुगेर बन्द भएको हो  ।  

तर, सेयर बजारमा आजैबाट कारोबार भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर ३७४ रुपैयाँ पुगेको छ । बजारमा कम्पनीको सेयर ३४० रुपैयाँबाट कारोबार सुरु भएको थियो ।  

आज सेयर बजारमा म्युचुअल फण्डबाहेक सबै उपसूचक घटेका छन् । बजार घटे पनि कारोबार रकममा भने कमी आएको छैन् । आज दिनभरीमा ६ अर्ब ९२ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज कुल २०२ कम्पनीको सेयर कारोबार भएको हो ।

जीवन बीमा सूचक २३३ अंकले घटेको छ भने निर्जीवन बीमा ७७ अंकले गिरावट आएको छ । त्यस्तै, वाणिज्य बैंक समूह पनि २०.७१ अंक घटेको छ भने अन्यसूचक ४५ अंकले तल झरेको छ ।

आजको कारोबारमा मूल्य बढ्नेहरुमा शीर्ष ५ कम्पनीहरु नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, नेको इन्स्योरेन्स कम्पनी, हिमालयन उर्जा विकास कम्पनी र बरुण हाइड्रोपावर कम्पनी रहेका छन् । त्यसैगरी सबैभन्दा धेरै गुमाउने शीर्ष ५ कम्पनीमा सपोर्ट माइक्रोफाइनान्स, स्वाभिमान लघुवित्त, माउन्टेन हाइड्रोपावर, सुर्योदय लघुवित्त कम्पनी र तारागाउँ रिजेन्सी होटल रहेका छन् ।

Logo