ग्लोबलआइएमई बैंकका ग्राहकलाई कतार एयरवेजको टिकटमा छुट 

ग्लोबलआइएमई बैंकका ग्राहकलाई कतार एयरवेजको टिकटमा छुट 


ग्लोबल आइएमई बैंक लिमिटेड र कतार एयरवेजबीच बैंकका ग्राहकहरुलाई हवाई टिकट खरिद गर्दा छुट प्रदान गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा शुक्रबार बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र कतार एयरवेजका कन्ट्रि म्यानेजर मोहमद इल एमामले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका कर्मचारी एवम् डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्ड बाहक ग्राहकले अनलाइन बुकिङमार्फत कतार एयरवेजको टिकट खरिदमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । 

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ । 

बैंकले देश तथा देशबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले सातवटै प्रदेश तथा ७५ वटै जिल्लामा बैंकको २७०शाखा, २४२ एटीएम, २४५ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्तअधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका देशबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको छ ।

Logo