शेयर बजारमा पहिरो, ८७ अंकले ओरालो लाग्यो नेप्से

शेयर बजारमा पहिरो, ८७ अंकले ओरालो लाग्यो नेप्से


साताको तेस्रो दिन आज शेयर कारोबार मापक नेप्से परिसूचक ह्वात्तै घटेको छ । 

नेप्सेमा कारोबार हुने धेरैजसो कम्पनीहरुको शेयर मूल्य घटेको हो । दिउसो १ बजेसम्म नेप्से परिसूचक ८७ अंकले ओरालो लागेको हो ।

अघिल्लो साता सूचीकृत भएर लगातार बढिरहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को शेयर मूल्य आज भने १० प्रतिशतले गिरावट आएको छ । 

दिउसो १ बजेसम्मको अपडेट अनुसार आज सबैभन्दा धेरै हाइड्रोपावर समूहको कारोबार घटेको छ । यस समूहको सब इन्डेक्स ४ प्रतिशतले घटेको हो । यस्तै बैंकिङ समूहको करिब ३ प्रतिशतले ओरालो लागेको छ ।

Logo