विश्वकै महंगो गुच्ची च्याउ : कहाँ पाइन्छ ? कसरी बनाउने ? (भिडियोसहित)

विश्वकै महंगो गुच्ची च्याउ : कहाँ पाइन्छ ? कसरी बनाउने ? (भिडियोसहित)


च्याउलाई विश्वव्यापी रुपमा निकै रुचाइन्छ । नेपालको सन्दर्भमा थुप्रै किसानहरु च्याउ खेतीलाई आम्दानीको स्रोत बनाइरहेका छन् । तर स्वादको कुरा गर्ने हो भने खेती गरि उब्जाइएको भन्दा जंगलमा सिजनमा मात्र पाइने च्याउ बढी स्वादिलो हुने गर्दछन् । जंगलका धेरैजसो च्याउ विषालु हुने गरेपनि खान मिल्ने च्याउ भने स्वादिष्ट हुनाका साथै शरीरका लागि पनि निकै लाभदायक हुने गर्दछन् । 

च्याउहरु मध्येमा गुच्ची च्याउ अर्थात् मोरल मसरुमलाई संसारकै महंगो च्याउमा गनिन्छ । ५०० ग्रामको नै १८ हजारसम्म पर्ने यस च्याउ महंगो हुनाका साथसाथै फाइदाहरु पनि प्रशस्त रहेका छन् । औषधीको राम्रो विकास नभएको समयमा हिमाली भेगका मानिसहरुले यस च्याउलाई औषधिको रुपमा सेवन गर्ने गरेको अध्ययनले देखाएको छ । एन्टिअक्सिडेन्ट, फाइबर, प्रोटिन लगायतले भरिपूर्ण यो च्याउ नियमितरुपमा सेवन गर्नाले मधुमेह, कलेजो, मटु, उच्च रक्तचाप लगायत थुप्रै रोगहरुबाट बच्न सकिन्छ । 

च्याउ पारखीहरुका लागि काठमाडौंको एकमात्र होटल साइनी नरचोक बुटिक होटलले ग्राहकहरुलाई गुच्ची च्याउको सुप पस्कने गरेको थाहा पाएपछि हामी लाजिम्पाटस्थित साईनी बुटिक होटल पुग्यौँ । 

नेपालकै पहिलो र एकमात्र युवा एक्जुकेटिभ सेफ हेभेन खनाल कार्यरत उक्त होटलको मेनुमा हेभेन आफैंले गुच्ची च्याउको सुप समावेश गराएका रहेछन् । साईनी होटलले आफ्ना ग्राहकहरुलाई डोल्पाबाट ल्याएर च्याउ पस्कने गरेको होटलका सेफ हेभेनले बताए । यस च्याउको सुप कसरी बनाईन्छ त ? हेरौं यो भिडियोमा :

 

Logo