तारकेश्वरमा फेरि बर्ड फ्लु देखियो, करिब १५ हजार कुखुरा नष्ट

तारकेश्वरमा फेरि बर्ड फ्लु देखियो, करिब १५ हजार कुखुरा नष्ट


काठमाडौंको तारकेश्वरमा फेरि बर्ड फ्लु देखिएको छ । पशु सेवा विभागका अनुसार सो नगरपालिकाको वडा नम्बर १ का स्थानीय किसानले पालेका कुखुरामा बर्ड फ्लु रोग (एच५एन८) पुष्टि भएको हो। एक महिना अघि पनि तारकेश्वरमा बर्ड फ्लु देखिएको थियो । 

उता काठमाडौं बाहिर सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा पनि बर्ड फ्लु भेटिएको थियो । तारकेश्वर नगरपालिका वडा नम्बर १ मा पालिएका कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आरटी पीसीआर विधिबाट परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको विभागकी महानिर्देशक डा दमयन्ती श्रेष्ठले जानकारी दिएकी छिन् ।

विभागका अनुसार बर्ड फ्लु देखिएका ठाउँमा ५ हजार ६५७ लेयर्स कुखुरा, ७ हजार २३६ ब्रोइलर कुखुरा, २ हजार ५०४ लोकल कुखुरा, ५० टर्की १७ बट्टाई ३ हजार ५७० अण्डा र ३ हजार केजी दाना नष्ट गरी सुरक्षित तबरले तह लगाइसकिएको छ।

यसअघि माघ दोस्रो र अन्तिम सातामा तारकेश्वरमा बर्ड फ्लु देखिएको थियो ।

Logo