उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा सौरभ ज्योति मनोनित

उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा सौरभ ज्योति मनोनित


नेपाल उद्योग वाणिज्य महासंघले कार्यकारिणी सदस्य पदमा सौरभ ज्योतिलाई मनोनित गरेको छ ।

महासंघको गत मंसिरमा सम्पन्न निर्वाचनमा एसोसिएटतर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघाईसँग पराजित भएका ज्योतिलाई महासंघले सदस्य पदमा मनोनित गरेको हो ।

उपाध्यक्ष पदमा भएको निर्वाचनमा सौरभका प्रतिद्वन्द्वी संघाईले ज्योतिलाई २१ मतान्तरले पराजित गरेका थिए । निर्वाचनमा सौरभ ज्योतिले किशोर प्रधान समूहबाट उम्मेद्वारी दिएका थिए भने संघाईले चन्द्र ढकाल समूहबाट उम्मेद्वारी दिएका थिए । विजयी भएका रामचन्द्र संघाईले ४५५ मत ल्याउँदा  पराजित भएका सौरभ ज्योतिले ४३४ मत ल्याएका थिए । ज्योति नेपालको पुरानो व्यवसायिक घराना ज्योति गु्रपका सञ्चालक हुन् । 

ज्योतिले आजै महासंघको कार्यसमिति सदस्य बैठकपछि भएको कार्यक्रममा पद तथा गोपनियताको सपथ पनि लिएका छन् ।

Logo