राजनीति र बैंकिङ प्रणालीमा तरलताको हल्लाले नेप्से परिसूचकमा प्रभाव

राजनीति र बैंकिङ प्रणालीमा तरलताको हल्लाले नेप्से परिसूचकमा प्रभाव


साताको पहिलो दिन आइतबार नेपाली पूँजी बजार नेप्से परिसूचक अप्रत्यासित रुपमा घटेको छ । बजारमा नेपाली राजनीतिले नयाँ मोड लिने र नयाँ सरकार बन्ने तथा बजारमा बैंकिङ प्रणालीमा ब्याज बढाउनका लागि तरलताको अभाव हुने भन्ने हल्ला भएकाले यसको प्रभाव पूँजी बजारमा परेको लगानीकर्ता तथा विश्लेषकहरुले बताएका छन् ।

सामान्यतयाः शेयर बजार माग र आपूर्तिको आधारमा चलायमान हुने गर्दछ भने  शेयरको माग बढी हुँदा आपूर्ति कम भएमा शेयर मूल्य बढ्ने र आपूर्ति बढी हुँदा शेयरको माग कम भएमा मूल्य घट्ने हुन्छ ।

तर आज यो सिद्धान्त विपरित केही कम्पनीहरुको शेयर बिक्री भन्दा खरिद धेरै  भएकाले शेयर मूल्य घटेको नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए । उनका अनुसार बैंकहरुमा पैसा थुप्रिएर बसेको तर ब्याज बढाउनका लागि तरलता अभाव देखिने हल्लाले बजारमा प्रभाव परेको छ । पूँजी बजारमा ठूला लगानीकर्ताले शेयर किन्ने चाप बढेकाले शेयर घटेको छ । यसैको बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा परेको छ ।

कारोबार सुरु भएको डेढ घण्टामा नपुग्दै नेप्से परिसूचक ७३ अंकले घटिसकेको छ । यो समाचार बनाउन अघिसम्म जम्मा ६ वटा कम्पनीको शेयर मूल्य मात्रै बढेको छ । त्यसमध्ये चन्द्रागिरी हिल्सको करिव १० प्रतिशत बढेको छ ।

यस्तै शिखर इन्स्योेरेन्सको शेयर मूल्य ३ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन समूहमा सूचिकृत चन्द्रागिरी समूहको सूचक पनि बढेको छ । त्यस बाहेक आइतबार कारोबारमा आएका करिब २०० कम्पनीको शेयर मूल्य भने घटेको छ । 

कारोबारको दौरान हेरिएका केही कम्पनीहरुको माग र आपूर्तिलाई हेर्दा धेरैजसो कम्पनीहरुको खरिद चाप बढ्दा पनि नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा), एसियन लाइफ इन्स्योरेन्स, प्रभु बैंक, एनएमबी बैंक, स्ट्याण्डर्ड चार्टड, एभरेष्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बंैक लगायतको माग बढी हुँदा हुँदै पनि शेयर मूल्य घटेको छ । 

Logo