नेपालको पूरानो ‘आइसबर्ग’ बियर नयाँ स्वादमा पुनः बजारमा

नेपालको पूरानो ‘आइसबर्ग’ बियर नयाँ स्वादमा पुनः बजारमा


नेपालको पूरानो र लोकप्रिय बियर ‘आइसबर्ग’ सोमबारबाट पुनः नयाँ स्वादका साथ पुनः बजारमा आएको छ । हिमालयन ब्रुअरीको अधिकांश स्वामित्व सिजी होल्डिङ्सले किनेसँगै यो बियर नयाँ स्वाद तथा लेबलमा बजारमा आएको छ  ।

तीन दशकअघि नेपाली बजारमा निकै लोकप्रिय रहेको आइसबर्ग अब उपभोक्ताहरुले नयाँ स्वादका साथ सेवन गर्न सक्ने भएका छन् । गोदावरीको मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिएको यो बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको नेपालको एक मात्रै बियर हो । 

हिमालयन ब्रुअरीको सहायक कम्पनी त्रिशक्ती डिष्टिलरीका विभिन्न रक्सी पनि नयाँ लेबलका साथ बजारमा ल्याइएको छ । विशेषगरि नेपाली युवाहरुलाई लक्षित गरेर ल्याइएको सात प्रतिशत अल्कोहल रहेको आइसबर्गको यो स्ट्रोङ बियर भए पनि प्रिमियम फिचरमा बजारमा ल्याइएको छ ।

यसरी पुनः बजारमा आएको बियरको ६५० एम.एल.को बोतलको मूल्य २८५ रुपैयाँ पर्नेछ । हिमालयन ब्रुअरीले स्ट्रोङ सेगमेन्टमा कमाण्डो पनि बजारमा उपलब्ध छ । 

यसअघि नै नेपाली उपभोक्तामा निकै परिचित भइसकेकाले आइसबर्गले छिट्टै राम्रो बजार लिन्छ भन्ने कम्पनीले विश्वस्त लिएको छ । कम्पनीले आज एक विशेष कार्यक्रमको आयोजना गरी आइसबर्गको सार्वजनिक गरेको हिमालयन ब्रुअरी प्रा.लिले जनाएको छ । 

Logo