युरोपा लिगमा टोटनह्यामको विजयी सुरुवात

युरोपा लिगमा टोटनह्यामको विजयी सुरुवात


युरोपा लिग फुटबलमा इंग्लिस क्लब टोटेनह्याम हस्टपरले विजयी सुरुवात गरेको छ । बिहीबार राति भएको खेलमा टोटनह्यामले एलएएसकेलाई ३-० ले पराजित गरेको हो ।

समूह ‘जे’ मा टोटेनहमले अष्ट्रियन क्लब लास्कसँग घरेलु मैदानमा भएको खेलमा टोटेनहमको सहज जितमा लुकास मौउरा र ह्युङ मिन सनले गोल गर्दा एक गोल उपहार पाएको थियो । टोटनह्यामका लागि १८ औँ मिनेटमा लुकास मौराले गोल गरे । २७ औँ मिनेटमा एलएएसकेका एनड्राडेले आत्मघाती गोल गरे । ८४ औँ मिनेटमा सन हेगं मिनले गोल गरेपछि टोटनह्याम ३-० ले विजयी भएको हो ।

यही समूहको अर्काे खेलमा रोयल एन्टवेर्पले लुडोगोरेट्स राजग्राडमाथि २–१ को जित दर्ता गरेको छ । यस्तै समूह ‘बी’ मा इंग्लिस क्लब आर्सनलले अष्ट्रियन क्लब रापिड वेनमाथ २–१ पूनरागमन जित निकालेको छ ।

Skip This
Logo