ज्योति लाइफको आईपीओ आजबाट खुल्दै, कहिलेसम्म आवेदन दिने ?

ज्योति लाइफको आईपीओ आजबाट खुल्दै, कहिलेसम्म आवेदन दिने ?


ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री शुक्रबार (आज) बाट खुला गर्ने भएकाे छ ।

यस अघि कम्पनीले फागुन २३ गते आइतबारबाट आईपीओ निष्कासको मिति तोकेको थियो । तर मेरो सेयरमा पर्न सक्ने चापले मिति परिवर्तन गरेर आजबाट आईपीओ बिक्री खुला गर्न लागेको कम्पनिले जनाएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैंयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँबराबरको ६६ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्दैछ । जसमध्ये ५ प्रतिशत अर्थात् तीन लाख ३० हजार सामूहिक लगानी कोषका लागि र त्यति नै कित्ता कर्मचारीका लागि सुरक्षित गरेर बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई फागुन ७ गते आईपीओ निष्कासनको अनुमति दिएको थियो ।
आईपीओ छिटोमा फागुन २६ गते र ढिलोमा चैत ६ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिल रहेको छ ।

Logo