काठमाडौं
आज देशभर ६२ औँ राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । राष्ट्रिय सहकारी महासंघ, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय लगायतको आयोजनामा देशभर सहकारी दिवसका अवसरमा विविध कार्यक्रम गरिने भएको हो ।
राष्ट्रिय सहकारी महासंघले यस वर्षका लागि दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने नारा तय गरेको छ । अघिल्लो वर्षमा पनि यही नाराका साथ दिवस मनाइने गरिएको थियो ।
वि.सं. २०१३ साल चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्था स्थापना भएको दिनलाई नै स्थापना दिवस मनाउने गरिएको छ । सहकारी विभागका अनुसार देशभर ३४ हजार भन्दा वढी सहकारीहरु छन् ।
प्रकाशित: २० चैत २०७५ ०६:३६ बुधबार