‘रोलिङ नेक्सस डट कम’ मोबाइल एप्लिकेसन सार्वजनिक

‘रोलिङ नेक्सस डट कम’ मोबाइल एप्लिकेसन सार्वजनिक


नेपालकै पहिलो व्यवसायिक सामाजिक सञ्जाल 'रोलिङ नेक्सस डट कम'ले ‘नयाँ सम्भावनाहरुको सञ्जाल’ नारासहित ३ वटा मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ ।

मंगलबार नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सूरक्षा मन्त्री गौरीशंकर चौधरीले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री चौधरीले रोलिङ नेक्सस डट कमले सुरु गरेको यो एप्समार्फत कोरोना महामारीका कारणले रोजगारी गुमाएर बेरोजगार भएकाले यो एप्सको प्रयोग गरे रोजगारीमा जोडिन सकिने एक माध्यम बनेको बताए ।

उनले यो काम राज्यले गर्नु पर्ने भए पनि राज्यको काम रोलिङ नेक्ससले गरेकाले यसका लागि राज्यले गर्नु पर्ने सहयोग गर्न तयार रहेको बताए । चौधरीले रोलिङ नेक्ससले राम्रो उद्देश्य लिएर अगाडि बढेकाले यसले भविष्यमा रोजगारी, उद्यमशिलता र नेपाली उत्पादनको क्षेत्रमा ठूलो भूमिका खेल्ने विस्वास व्यक्त गरेका छन् । 

त्यसैगरि कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फूयाँलले रोलिङ नेक्ससले अहिलेको आवश्यकता अनुसार विश्वलाई एउटै एप्समा राखेर सो मार्फत धेरै कुराको आवश्यकता पुरा गर्ने गरि सबैलाई एकै स्थानमा जोड्ने काम गरेको बताए ।

रोलिङ नेक्ससले अत्यन्तै महत्वपूर्ण कामको थालनी गरेको भन्दै उनले भने, ‘राज्यले के गर्न खोजेको छ त्यो उद्देश्य अनुरुप निजी क्षेत्र अगाडि बढ्दा राम्रो हुने र राज्यको नीति अनुरुप नै अगाडि बढेकाले यसबाट आफ्नो आवश्यकता पुरा गर्न र आफूमार्फत अरुको आवश्यकता पुरा गर्ने माध्यमको विकास भएको छ ।’

रोलिङ नेक्ससले मोवाइल एप्समार्फत देशदेखि विदेशमा रहेका नेपालीहरुले विभिन्न जानकारी लिन सक्ने गरि आफ्नो ब्राण्डको रुपमा स्थापना गरि व्यवसायिक सामाजिक सञ्जालको रुपमा बजार आएको रोलिङ नेक्सस डट कमका अध्यक्ष अनुप जंगमले बताए ।

उनका अनुसार यो एप्स मुख्यतः ४  सिद्धान्त अनुरुप संचालन गरिएको छ । पहिलो रोजगारी सृजना तथा प्रवर्धन र तत् सम्बन्धी दक्षता अभिवृद्धिको लागि, दोस्रो उद्यमशीलता, गीग इकोनोमीको अवधारणामा रहेर अवसर र सम्भावनाहरुको खोजी, उद्यमशीलता प्रवर्धन तथा व्यवसायिक वृद्धि, तेस्रो महिला, विपन्न समूह, फरक क्षमता भएका र सेवानिवृत्त समूहलाई पनि अवसर र सम्भावना दिनका लागि विशेष पेजमार्फत प्रवर्धन गर्ने र सामाजिक वा व्यवसायिक रुचि, गतिविधि, पृष्ठभूमी भएकाहरुले एकै सञ्जालमा रही सम्बन्धको विकास गरि साझेदारी गर्ने प्लेटफर्म तथा व्यवसायिक बाहेक पनि सञ्जालमा खेलकुदका गफगाफमा सहभागिता रहेको छ ।

Skip This
Logo