ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा साढे ६ गुणा बढी आवेदन

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा साढे ६ गुणा बढी आवेदन


ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदनको रेकर्ड ब्रेक गरेको छ । इन्स्योरेन्सको  प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार इन्स्योरेन्सको आइपीओमा १८ लाख ४ हजार ६४८ जना आवेदन परेको छ । आइपीओ खरिदको लागि ३ करोड ८० लाख ५७ हजार ७१० कित्ता बराबरको आवेदन परेको छ ।

आईपिओमा आवेदन  सर्वसाधारणलाई निष्काशनमा ल्याएको ५९ लाख ४० हजार कित्ताको ६.४० गुणा बढी परेको छ । कम्पनीले फागुन २१ गते देखि कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको थियो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि निष्काशनमा ल्याएको थियो ।

अहिले कम्पनीको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी २ अर्ब २० करोड र चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ । सर्वसाधारणलाई आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

Logo