साढे ५१ अंकले ओरालो लाग्यो नेप्से

साढे ५१ अंकले ओरालो लाग्यो नेप्से


साताको पहिलो दिन आज नेप्से परिसूचक साढे ५१ अंकले ओरालो लागेको छ। 

परिसूचक ५१.२३ अंक अर्थात २.०८ प्रतिशतले ओरालो लागेर २४०७.२५ को बिन्दुमा पुगेर कारोबार बन्द भएको हो।

सेन्सेटिभ परिसूचक पनि कारोबारको अन्तिम समयसम्म आइपुग्दा १०.१० अंकले ओरालो लागेर ४३५.१३ को बिन्दुमा पुगेको छ। 

आज कारोबारमा आएका १३ उपसमूह मध्ये होटेल र हाइड्रोपावर समूह अन्तिम समयसम्म नै हरियोमा कायम रहेका छन् । आज होटेल समूह ६१.१२ अंक र हाइड्रोपावर क्षेत्र ४७.८२ अंकले बढेका छन् । बाँकी ११ उपसमूह ओरालो लागेका छन् ।

अन्तिम समयसम्म कारोबारमा आएका २११ कम्पनीको ९९ लाख ३ हजार ७०४ कित्ता शेयर ६० हजार ९७३ पटक खरिद बिक्री भएको थियो । आज ४ अर्ब ९५ करोड २७ लाख रुपैंयाँ बराबरको कारोबार भएको छ। 

Skip This
Logo