सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिमार्फत् आइपिओ बिक्रीका लागि प्रबन्धक चयन

सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिमार्फत् आइपिओ बिक्रीका लागि प्रबन्धक चयन


सर्वोत्तम सिमेन्टको साधारण शेयर (आइपीओ) निष्काशन गर्नका लागि बुधबार काठमाडौँमा एक कार्यक्रमका बीच कम्पनीले बिक्री प्रबन्धक तोकेको छ । 

बुक विल्डिङ विधिमार्फत् आइपिओ निष्काशन गर्न लागेको कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धकमा र प्रभु क्यापिटल र एनआइबिएल एस क्यापिटललाई सहायक बिक्री प्रबन्धक चयन गरेको हो ।

अहिले कम्पनीको चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँ रहेको छ । जसको १५ प्रतिशत अर्थात् ६० लाख कित्ता आइपीओ जारी गर्न लागेको हो । निष्काशन गर्ने कुल ६० लाख कित्ता आइपीओमध्ये २४ लाख कित्ता शेयरयोग्य संस्थागत लगानीकर्ताका लागि र बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी गर्ने भएको छ । आइपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब पुग्नेछ । 

बुक विल्डिङ विधिमार्फत् आइपीओको न्यूनतम मूल्य ७५० रुपैयाँ तय गरिनेछ । तर बिक्री मूल्यको तल्लो सीमा त्यसको २० प्रतिशत कम अर्थात् ६०० रुपैयाँ र माथिल्लो सीमा ७५० को २० प्रतिशतले बढी अर्थात् ९०० रुपैयाँसम्म हुन सक्ने कम्पनीले जनाएको छ । नेपालमा बुक विल्डिङको माध्यमबाट आईपीओ जारी गर्ने सर्वोत्तम सिमेन्ट पहिलो कम्पनि बन्ने भएको छ । कम्पनीले ३ महिनाभित्रै लगानीकर्तालाई १० प्रतिशत बोनश र २५ प्रतिशत नगद लाभांश दिने समेत जनाएको छ ।

Logo