शेयर बजारमा हरियाली, नेप्से परिसूचक ४० अंकले वृद्धि

शेयर बजारमा हरियाली, नेप्से परिसूचक ४० अंकले वृद्धि


बुधबार शेयर कारोबार नेप्से परिसूचकमा हरियाली छाएको छ । लगातार रुपमा ओरालो लागेको शेयर बजार नेप्से मंगलबार २.५६ अंकको झिनो सुधार आएको थियो । 

बुधबार नेप्से परिसूचक ४०.४० अंकले बढेर २४३२.१५ अंकमा पुगेको छ भने अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ । बुधबार कारोबार भएका २१२ कम्पनीको ८६ लाख २६ हजार ६६७ कित्ता शेयरमा ३ अर्ब ३७ करोड ४५ लाख ५२ हजार १७७ रुपैयाँको कारोबार भएको छ । मंगलबारको भन्दा बुधबार १२ लाख कम कारोबार भएको छ । 

कारोबारमा आएका सबै समूहका सूचकमा हरियाली छाएको छ । बजारमा होटल तथा टुरिजमको इन्डेक्स सर्वाधिक ४.२६ प्रतिशतले बढेको छ । लघुवित्त, अन्य, र जीवन बीमाको सूचकमा २ प्रतिशत धेरैको सुधार देखिएको छ भने म्युचुअल फण्ड १ प्रतिशतभन्दा कम बढ्दा बाँकी सबै १ प्रतिशत बढीले वृद्धि भएका छन् ।

आज सबैभन्दा धेरै कमाउने शीर्ष कम्पनीमा चन्द्रागिरि हिल्स, जोशी हाइड्रेपावर, ग्रीनलाइफ हाइड्रोपावर, युनाइटेड इडी मर्दी आरबी हाइड्रोपावर र पञ्चकन्या माइ हाइड्रोपावर कम्पनी रहेका छन् ।

Logo