चैत पहिलो सातासम्म कर्जा विस्तार र निक्षेप संकलनमा उच्च वृद्धि, कुन बैंकको कति ?

चैत पहिलो सातासम्म कर्जा विस्तार र निक्षेप संकलनमा उच्च वृद्धि, कुन बैंकको कति ?


चैत महिनाको पहिलो सातासम्म सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले कर्जा र निक्षेप संकलनमा उच्च वृद्धि गरेका छन् । 

नेपाल बैंकर्स संघको तथ्याङ्कमा चैत महिनाको पहिलो साता बैंकहरुले १४ अर्ब ९ करोड निक्षेप संकलन र २३ अर्ब ३७ करोड कर्जा लगानी विस्तार बढाएका छन् ।  

गत फागुन महिनाभरीमा बैंकहरुले ३९ अर्ब निक्षेप संकलन गरेका थिए भने ९४ अर्ब रुपैंयाँ कर्जा विस्तार गरेका थिए । त्यस्तै चालु आर्थिक वर्षको चैत ६ गते सम्ममा २७ वाणिज्य बैंकले ३८ खर्ब ४० अर्ब १६ करोड रुपैंयाँ निक्षेप संकलन गरी ३४ खर्ब ३५ अर्ब रुपैंयाँ कर्जा लगानी गरेका छन् ।

चैत एक साताको अवधिमा १७ बैंकले निक्षेप बढाएका छन् भने १० बैंकको निक्षेप घटेको छ । जसमा १७ बैंकहरुले १३ करोड रुपैंयाँदेखि ४ अर्ब रुपैंयाँसम्म बढाएका छन् । १० वटा बैंकको ९ करोडदेखि ३ अर्ब रुपैंयाँसम्म घटेको तथ्यांकले देखाएको छ ।

पछिल्लो समय बैंकहरुले निक्षेप संकलन बढाउनका लागि निक्षेपकर्ताको ब्याजदर बढाएका छन् । त्यस्तै, बैंकहरुले कर्जा विस्तार पनि उच्च रुपमा बढाएका छन् । पछिल्लो समय बैंकहरु व्यवसाय विस्तारमा कर्जा लगानी गर्न आक्रमक बन्दै गएका छन् । 

यो अवधिमा कर्जा लगानीमा एक बैंकबाहेक सबै बैंकहरुले वृद्धि गरेका छन् भने २६ वटा वाणिज्य बैंकहरुले ७ करोडदेखि २ अर्बसम्म कर्जा विस्तार बढाएका छन् । एक साता अवधिमा निक्षेप संकलन वृद्धि गर्ने पहिलो नम्बरमा नबिल बैंक रहेको छ । दोस्रोमा कुमारी बैंक रहेको छ । एक सातामा नबिल बैंकले ४ अर्ब ८५ करोड रुपैंयाँ निक्षेप संकलन बढाएको छ । चालु आर्थिक वर्षको ८ महिनामा नबिल बैंकले मात्रै १३ अर्ब ९३ करोड रुपैंयाँ निक्षेप संकलन गरेको छ । कुमारी बैंकले ४ अर्ब ६५ करोड रुपैंयाँ निक्षेप संकलन गरेको छ ।

त्यस्तै, यो अवधिमा कर्जा विस्तार गर्ने पहिलो बैंक नेपाल बैंक बनेको छ । नेपाल बैंकले २ अर्ब ३३ करोड रुपैंयाँले कर्जा लगानीमा वृद्धी गरेको छ भने कर्जा बढाउने दोस्रो सूचीमा नेपाल इन्भेष्टमेण्ट बैंक, तेस्रोमा ग्लोबल आइएमई बैंक रहेका छन् ।

एक सातामा कुन बैंकले कति निक्षेप र कर्जा विस्तार गरे ?

बैंकर्स संघको तथ्यांक अनुसार चैत एक सातामा नबिल बैंकले ४ अर्ब ८५ करोड रुपैंयाँ निक्षेप संकलन गरेको छ ।  गत फागुन मसान्तमा नबिल बैंकले २ खर्ब २ अर्ब ११ करोड निक्षेप संकलन गरेको थियो । 

त्यस्तै, नबिलले चैत ६ गतेसम्म १ खर्ब ८६ अर्ब ७७ करोड रुपैंयाँमा कर्जा विस्तार गरेको छ । फागुन मसान्त सम्ममा १ खर्ब ८६ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

त्यस्तै, कुमारी बैंकले चैत ६ गतेसम्म ४ अर्ब ६५ करोड रुपैंयाँ निक्षेप थप गरेको छ । तर कर्जा घटाउने बैंक यही बैंक बनेको छ । बैंकले १ अर्ब ८४ करोड रुपैंयाँले कर्जा प्रवाह घटाएको छ । सो अवधिमा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ९० करोड रुपैंयाँले निक्षेप संकलन थप गरेको छ भने ५२ करोड रुपैंयाँ कर्जा लगानी पनि थप गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले चैतको पहिलो सातामा १ अर्ब ६५ करोड रुपैंयाँ निक्षेप थप गर्दा १ अर्ब ५६ करोड रुपैंयाँ कर्जा थप गरेको छ । ग्लोबल आइएमई बैंकले १ अर्ब १५ करोड रुपैंयाँ निक्षेप र २ अर्ब २ करोड रुपैंयाँ कर्जा थप गरेको छ । त्यस्तै, हिमालन बैंकले १ अर्ब ३० करोड रुपैंयाँ निक्षेप संकलन र ३० करोड रुपैंयाँ कर्जा थप गरेको छ । चैतको पहिलो सातामा स्ट्यान्डर्ट चार्टर्ड बैंकले ३१ करोड रुपैंयाँ निक्षेप र ७ करोड रुपैंयाँ कर्जा, सानिमा बैंकले ३० करोड रुपैंयाँ निक्षेप र १ अर्ब २४ करोड रुपैंयाँ कर्जा, एनसीसी बैंकले १५ करोड रुपैंयाँ निक्षेप र १३ करोड रुपैंयाँ कर्जा र सिद्धार्थ बैंकले १३ करोड रुपैंयाँ निक्षेप र १ अर्ब ८१ करोड रुपैंयाँ कजा थप गरेका छन् ।

चैतको  पहिलो एक सातामा एभरेष्ट बैंकले १ अर्ब ५ करोड रुपैंयाँ निक्षेप र ५२ करोड रुपैंयाँ कर्जा थप गरेको छ । साथै, सिभिल बैंकले ५९ करोड रुपैंयाँ निक्षेप र ३६ करोड रुपैंयाँ कर्जा विस्तार गरेको छ ।
 
नेपाल बंगलादेश बैंकले ८८ करोड रुपैंयाँ निक्षेप र ४६ करोड रुपैंयाँ कर्जा थप गरेको छ । साथै, सनराइज बैंकले ६३ करोड रुपैंयाँ निक्षेप र ८१ करोड रुपैंयाँ कर्जा थप गरेको छ । यता, बैंक अफ काठमाण्डूले पनि ८१ करोड रुपैंयाँ निक्षेप र ६६ करोड रुपैंयाँ कर्जा थप गरेको छ ।

त्यस्तै, सो अवधिमा सेञ्चुरी बैंकले ५४ करोड रुपैंयाँ निक्षेप र १ अर्ब ३७ करोड रुपैंयाँ कर्जा  थप गरेको छ । साथै, माछापुच्छ्रे बैंकले ४४ करोड रुपैंयाँ निक्षेप र ६२ करोड रुपैंयाँ कर्जा थप गरेको छ।

कुन कुन बैंकको घट्यो निक्षेप ?

चैत महिनाको पहिलो सातामा १० वटा बैंकको निक्षेप संकलन घट्दा कर्जा प्रवाह भने बढेको छ । निक्षेप संकलन घट्ने पहिलो नम्बरमा एनआइसी एशिया बैंक रहेको छ। यस बैंककाे फागुन २८ गते देखि चैत ६ गतेसम्म एक सातामा ३ अर्ब ६८ करोड रुपैंयाँ निक्षेप घटेको छ भने १ अर्ब ८१ करोड रुपैंयाँले कर्जा प्रवाह बढेको छ। 

तर एनआईसी एशिया बैंक यो वर्षमा सबैभन्दा बढी निक्षेप र कर्जा बढाउने पहिलो स्थानमा छ । यस्तै कर्जा असार मसान्तदेखि अहिलेसम्म ८० अर्बले बढाएर २ खर्ब ५४ अर्ब पुर्याएको छ भने निक्षेप ७२ अर्ब ८५ करोड बढाएर २ खर्ब ८३ अर्ब पुर्याएको छ । 

त्यस्तै, सोही अवधिमा मेगा बैंकको २३ करोड रुपैंयाँले निक्षेप घट्दा १५ करोड रुपैयाँले कर्जा थप गरेको छ । साथै, लक्ष्मी बैंकको १८ करोड रुपैंयाँले निक्षेप घट्दा १ अर्ब ३४ करोड रुपैंयाँले कर्जा थप गरेको तथ्यांकले देखाएको छ  ।

त्यस्तै, प्रभु बैंकको १८ करोड रुपैंयाँले निक्षेप घट्दा १ अर्ब २० करोड रुपैंयाँले कर्जा थप गरेको छ । प्राइम बैंकको ९ करोड रुपैंयाँले निक्षेप घट्दा २८ करोड रुपैंयाँले कर्जा थप भएको छ । सो अवधिमा एनएमबी बैंकको ५९ करोड रुपैंयाँले निक्षेप घट्दा ४६ करोड रुपैयाँले कर्जा थप भएको छ । नेपाल एसबीआई बैंकको ९० करोड रुपैयाँ निक्षेप घट्दा ७८ करोड रुपैयाँ कर्जा थप गरेको छ ।  

त्यस्तै, सिटिजन्स बैंकको ५३ करोड रुपैंयाँले निक्षेप घट्दा १९ करोड रुपैंयाँ कर्जा थप भएको छ । साथै, कृषि विकास बैंकको ४२ करोड रुपैंयाँले निक्षेप घट्दा ५९ करोड रुपैंयाँले कर्जा प्रवाह थप भएको छ । नेपाल बैंकको ४४ करोड रुपैंयाँले निक्षेप घट्दा २ अर्ब ३३ करोड रुपैंयाँ कर्जा थप गरेको छ । 

Skip This
Logo