पचास हजारले डाउनलोड गरे श्रीयोग डटकम

पचास हजारले डाउनलोड गरे श्रीयोग डटकम


विधिवत रुपमा १२ सेप्टेम्बर २०१९ बाट सञ्चालित, पार्ट टाइम काम र कामदारलाइ जोडने श्रीयोग डटकम नाम दिइएको डिजिटल प्लेटफर्ममा यही चैत १० मा गुगल प्ले स्टोरमा पचासहजार प्रयोगकर्ताले डाउनलोड गरेका छन् । 

काम र कामदारलाइ जोड्न सजिलो होस र प्रविधिको युगमा प्रविधिकै प्रयोग गरी देशमा विद्यमान रहेको बेरोजगारीको समस्यालाई यस प्लेटफर्ममार्फत जो कोही बेरोजगार भएका तथा अवसरको खोजीमा रहेको जनशक्तिहरुलाई डिजिटल प्लेटफर्ममार्फत काम गर्ने र कामदार खोज्नको लागि आफ्नो विवरण दर्ता गर्ने प्राबधान रहेको प्लेटफर्मका संस्थापक प्रकाश उप्रेती बताउँछन् ।

हाल यसमा जो कोहीले पनि नेपालको ६० वटा सहरमा साथै १८ समूह तथा त्यसै समूहभित्र पर्ने १५० भन्दा बढी उपसमुहहरुमा जो कसैले पनि आफ्नो विवरण दर्ता गर्न सक्ने व्यवस्था रहेको छ । खुल्ला डिजिटल प्लेटफर्मको अवधारणालाई लक्षित गर्दै सञ्चालन गरिएको यस प्लेटफर्म विराटनगरबाट शुरु भई देशका कुना–कुनाका साथै निकट भविष्यमा ‘नेपालीलाई नेपाली काम’ भन्ने नाराका साथ छिमेकी राष्ट्र भरातको केरला, अस्ट्रेलियाको सिड्नी तथा संयुक्त राज्य अमेरिकासम्म पुर्‍याउने लक्ष्य राखिएको छ ।

Logo