प्रतिकित्ता १२० रुपैयाँमा रुरु जलविद्युतको आईपीओ खुल्यो

प्रतिकित्ता १२० रुपैयाँमा रुरु जलविद्युतको आईपीओ खुल्यो


रुरु जलविद्युत् परियोजना लिमिटेडले आजबाट आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि २० रूपैयाँ प्रिमियम थपेर १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । 

जसमध्ये, २ प्रतिशत अर्थात् ८ हजार एक सय ५४ कित्ता कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात् २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार एक सय ६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको छ । 

उक्त आईपीओमा लगानीकर्ताले छिटोमा चैत्र २४ गतेसम्म र ढिलोमा वैशाख ३ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
 

Logo