प्रि–ओपनिङमा नेप्से परिसूचक २२ अंकले बढ्यो

प्रि–ओपनिङमा नेप्से परिसूचक २२ अंकले बढ्यो


साताको पहिलो दिन प्रि–ओपनिङ सेसनमा नेप्से परिसूचक करिब साढे २२.९४ अंकले बढेको छ।

गत बिहीबार १२.८८ अंकले बढेर २६३१.८९ विन्दुमा बन्द भएको नेप्से, आज ओपनिङ सेसनमा २२.९४ अंकले बढेर २६५४.८४ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ४.०२ अंक बढेको छ।

आइतबार प्रि–ओपन सेसनमा ७३ कम्पनीको ७ करोड ३८ लाख ८० हजार २१६ रुपैयाँ बराबरको १ लाख ४ हजार ९८२ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये ५७ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १२ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

Logo