ग्लोबल आइएमईको डिबेन्चर ओभर सस्क्राइब

ग्लोबल आइएमईको डिबेन्चर ओभर सस्क्राइब


ग्लोबल आइएमई बैंक लिमिटेडले जारी गरेको डिबेन्चर ओभर सस्क्राइब भएको छ। बैंकले गत चैत्र १ गते ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७ निष्काशन गरी बिक्री खुला गरेको थियो।

बैंकले ३ अर्ब रुपैयाँ बराबरको १,००० प्रति ऋणपत्र अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो। ऋणपत्र निष्काशन तथा बिक्री चैत्र १६ गतेसम्मका लागि तोकिएको थियो। 

बैंकद्वारा जारी गरिएको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको थियो। १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत व्याजदर रहेको छ भने अर्धवार्षिकरुपमा व्याज भुक्तानी हुनेछ। 

बैंकले ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडलाई तोकेको थियो। यसका साथै लगानीकर्ताले मेरो शेयरमार्फत अनलाइन र नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू एवम् तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन पाउने व्यवस्था रहेको थियो।

Logo