सुदुरपश्चिम यातायातमा मुक्तिनाथ विकास बैंकले क्युआर कोड वितरण

सुदुरपश्चिम यातायातमा मुक्तिनाथ विकास बैंकले क्युआर कोड वितरण


मुक्तिनाथ विकास बैंकले कैलाली जिल्लाको धनगढी शाखाले सुदुरपश्चिम यातायातलाई क्युआर कोड वितरण गरेको छ । 

बैंकले राष्ट्र बैंकको डिजिटल कारोबारलाई उच्च प्राथमिकता राख्ने नीति अनुसार विभिन्न  सार्वजानिक स्थानहरु यातायात, पसल, होटल तथा आयल स्टोरहरुमा मुक्तिनाथ बैंकको क्युआरमार्फत भुक्तानी लिने कार्यको सुरुवात गरेको हो । 

अब सुदुरपश्चिम यातायातमा क्युआर कोडमार्फत यात्रुहरुले डिजिटल रुपमा रकम भुक्तानी गर्न पाउनेछन् । यातायातमा साधनहरुमा क्यूआर कोड राख्दा यात्रुहरुले सावरी भाडा क्युआर कोडमार्फत भुक्तानी गर्न पाउने भएकाले यात्रु तथा यातायात व्यवसायीहरुले डिजिटल माध्यमबाट कारोबार गर्न सक्ने गरी क्युआर कोड वितरण गरिएको धनगढी शाखा प्रमुख उमेश जोशीले जानकारी दिए ।

उनका अनुसार ग्रामीणस्तरमा समेत डिजिटल कारोबार बढाएर क्यासलेस बनाउने उद्देश्यले अहिले सुरदुरपश्चिम यातायातको काठमाडौँ तथा विराटनगर गुड्ने सवारीमा क्युआर कोड वितरण गरिएको छ ।

अब विस्तारै धनगढीबाट विभिन्न स्थानमा जाने सवारीमा समेत क्युआर कोड वितरण अगाडी बढाउदै जाने जोशीको भनाइ छ ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स रकम जम्मा गर्ने आदि सेवाहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था समेत गर्दै आएको छ । 

Skip This
Logo