प्रशासनद्वारा बजार अनुगमनमा तिब्रता

प्रशासनद्वारा बजार अनुगमनमा तिब्रता


जिल्ला प्रशासन कार्यालय काठमाडौँले बजार अनुगमनलाई तिब्रता दिएको छ ।
 
पछिल्लो समय बजारमा उपभोक्ता ठगिन थालेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले अनुगमनलाई व्यापक बनाएको हो । जिल्ला प्रशासनले पहिलो चरणमा होटल, लजको सेवा तथा खाद्यवस्तुको अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । अनुगमनको क्रममा काठमाडौंको गंगवु बालाजु क्षेत्रको होटल लजको अनुगमनमा उपभोक्तालाई दिइने खाद्यवस्तु र सेवामा न्यून गुणस्तरको रहेको पाइएको छ । कतिपय होटल रेष्टुरेन्ट बिना दर्ता भइ सञ्चालनमा रहेको पनि पाइएको छ ।

मंगलबार गरिएको अनुगमनमा मुख्यगरी सरसफाईलाई ध्यान नदिएको पाइएको छ । अनुगमन मुख्यगरी कारबाही गर्ने भन्दा पनि सचेतना र व्यवहार सुधार्नको लागि भएको प्रशासनले बताएको छ । अनुगमनलाई समूह बनाएर विभिन्न क्षेत्रमा गरिने समेत सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए ।

Skip This
Logo