अर्बपति सूचीमा विनोद चौधरीको स्थान खस्कियो, को बने विश्वकै धनी ?

अर्बपति सूचीमा विनोद चौधरीको स्थान खस्कियो, को बने विश्वकै धनी ?


फोर्ब्सको अर्बपति सूचीमा रहेका एक मात्र नेपाली उद्योगपति विनोद चौधरीको अर्बपतिको सूची खस्किएको छ। 

आज फोर्ब्सले सार्वजनिक गरेको धनाढ्यहरूको ४५ औं वार्षिक सूची अनुसार चौधरी २,१४१औं स्थानमा पुगेका छन् । चौधरीको दुई वर्षदेखि निरन्तररुपमा स्थान खस्किदै गएको छ । चौधरी गत वर्ष १,३४९ बाट १,५१३ औं स्थानमा झरेका थिए । 

चौधरीको वार्षिक सम्पत्ति १.४ अर्ब अमेरिकी डलर रहेको छ । सन् २०१९ मा उनको सम्पत्ति बढेर १.७ अर्ब डलर पुगेको थियो । सन् २०१७ बाट उनको सम्पत्ति बढ्न थालेको थियो । तर दुई वर्षयता उनको अर्बपति सूचीमा स्थान खस्किदो अवस्थामा रहेको छ । 

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को महामारीले उनको सम्पत्तिमा उल्लेख्य वृद्धि हुन नसक्दा धनाढ्य सूचीको स्थान खस्किएको हो। चौधरी सिजी कर्प ग्लोबलका सञ्चालक हुन् । नेपालमा उनको नबिल बैंक र सिजी फुडमा ठूलो लगानी छ । उद्योगपति चौधरी सन् २०१३ मा पहिलोपटक फोब्र्सको विश्वका अर्बपतिहरूको सूचीमा प्रवेश गरेका थिए। 

उनले फोर्ब्सको सूचीमा प्रवेश लिँदा उनको सम्पत्ति एक अर्ब अमेरिकी डलर थियो । सन् २०१५ सम्ममा उनले आफ्नो सम्पत्ति १.३ अर्ब पुर्याइसकेका थिए । भूकम्प र नाकाबन्दी खेपेको वर्ष २०१६ मा उनको सम्पत्ति घट्यो । जसकारण उनको सम्पत्ति १.१ अर्ब डलरमा खुम्चिन पुगेको छ ।

यता विश्वकै अर्बपतिको पहिलो नम्बरमा अमेजन मालिक जेफ बेजोस भएका छन् । यसवर्ष बेजोसको कूल सम्पति १७७ अर्ब अमेरिकी डलर पुगेको छ । गतवर्ष पनि उनी पहिलो स्थानमै थिए। कार उत्पादक टेस्ला कम्पनीका मालिक इलोन मस्क अर्बपति सूचीको दोस्रो स्थानमा छन् । मस्कको सम्पत्ति १५१ बिलियन डलर छ । उनी केही महिना अगाडि पहिलो नम्बरमा आएका थिए।

सूचीको तेस्रो नम्बरमा पेरिसका लक्जरी वस्तु उत्पादक बर्नान्ड आर्नोल्ट छन् । माइक्रोसफ्ट मालिक बिल गेट्स चौंथो स्थानमा छन् भने फेसबुक संस्थापक मार्क जुकरबर्ग ९७ बिलियन डलरसहित पाँचौ स्थानमा छन् । 

Skip This
Logo