एकै दिन एक हजारले बढ्यो सुनको मूल्य, कति छ आज ?

एकै दिन एक हजारले बढ्यो सुनको मूल्य, कति छ आज ?


साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार स्थिर रहेको सुनको भाउ सोमबार २ सयले घटेको थियो। त्यस्तै मंगलबार ३ सयले बढेको थियो। बुधबार ५ सयले बढेको सुन बिहीबार भने एक हजारले बढेको छ। 

गत हप्ता आइतबार सुनको मूल्य स्थिर रहेको थियो। सोमबार २ सयले बढेको थियो भने मंगलबार ५ सयले घटेको थियो। बुधबार ४ सयले घटेको सुन विहीबार ९ सयले बढेको हो। शुक्रबार सुन ९ सयले बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ८९ हजार मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८८ हजार ५ सय ५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

चाँदीको मूल्य १५ रुपैंयाँले बढेको छ। चाँदी तोलामा एक हजार २६० मा कारोबार भइरहेको छ।

Logo