नेपाल ट्रष्टद्वारा काठमाडौं प्लाजा सिल

नेपाल ट्रष्टद्वारा काठमाडौं प्लाजा सिल


नेपाल ट्रष्टले काठमाडौं प्लाजा सिल गरेको छ।

काठमाडौं प्लाजा खाली गर्न दिएको अन्तिम समयसीमासम्म पनि खाली नभएपछि ट्रष्टले बिहीबार प्लाजा सिल गरेको हो। सिल गरेपछि काठमाडौं प्लाजा सुनसान बनेको छ। 

प्लाजाभित्रका कार्यालय तथा पसलहरु पूर्णरुपमा बन्द भएका छन्। प्लाजामा सञ्चालनमा आएको ज्योति विकास बैंकले भने केही दिनमै कार्यालय सार्ने प्रतिवद्धता गरेकाले कार्यालय सञ्चालन गरिरहेको छ भने काठमाडौं प्लाजामै रहेको मुक्तिनाथ विकास बैंकलाई भने त्यहीँ सञ्चालन गर्न दिइने भएको छ। सो भवन नेपाल ट्रष्टले काठमाडौं महानगरपालिकालाई भाडामा दिने सम्झौता गरिसकेको छ।

Skip This
Logo