उपेन्द्र महतो एनआरएन डेभलपमेन्ट फन्डको अध्यक्षमा चयन

उपेन्द्र महतो एनआरएन डेभलपमेन्ट फन्डको अध्यक्षमा चयन


गैरआवासिय नेपाली संघले स्थापना गरेको एनआरएन नेपाल डेभलपमेन्ट फन्डको अध्यक्षमा उपेन्द्र महतो चयन भएका छन्। महतो गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्षसमेत हुन्। 

त्यस्तै, उक्त फन्डको प्रमुख कार्यकारी अधिकृतमा पूर्वबैंकर अनलराज भट्टराई नियुक्त भएका छन्। भट्टराई वित्त क्षेत्रका विज्ञ हुन् भने महतोसँग व्यवसायिक अनुभव रहेको छ । फन्डले दुबै जनाको उपस्थितीले विश्वभरीका गैरआवासीय नेपालीको लगानीलाई उच्चतम प्रतिफल दिने कम्पनीका रुपमा स्थापित हुने अपेक्षा गरिएको छ।

फन्ड गत चैत १७ गते गैरआवासिय नेपाली संघले १० अर्बको कोष बनाएर बनाइ नेपालको उद्यम, व्यवसाय र पूर्वाधारको क्षेत्रमा लगानी गर्ने गरी कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको थियो। फन्डको ८५ प्रतिशत लगानीका निम्ति गैरआवसिय नेपालीलाई लक्षित गरि छिट्टै प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने तयारीमा रहेको छ।

Logo