घट्यो सुनको मूल्य, चाँदीको स्थिर

घट्यो सुनको मूल्य, चाँदीको स्थिर


मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन आज ३ सयले घटेको हो। सोमबार ३ सयले बढेको थियो । आइतबार पनि सुन २ सयले बढेको थियो।

गत हप्ता शुक्रबार सुन सात सयले बढेको थियो। बिहीबार ३ सयले बढेको थियो ।

आज छापावाला सुनको प्रतितोला ९० हजार ७ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार २ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

चाँदीको मूल्य भने आज पनि स्थिर छ। आज चाँदी तोलामा एक हजार ३०० मा कारोबार भइरहेको छ।

Logo